२०८३ असोज २३ गते शुक्रबार

मेडिप्लस अस्पतालमा ‘नर्सिङ ब्रेन ब्याटल’ आयोजना हुँदै

मेडिप्लस अस्पतालमा ‘नर्सिङ ब्रेन ब्याटल’ आयोजना हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ वैशाख २७ गते आइतबार ०२:३१

पोखरा । पोखरा–११ रानीपौवास्थित मेडिप्लस अस्पताल एण्ड ट्रमा सेन्टर मा अन्तर्राष्ट्रिय नर्स दिवस २०२६ को अवसरमा “नर्सिङ ब्रेन ब्याटल – द नाइटिङ्गेल च्यालेन्ज” आयोजना हुने भएको छ । वैशाख २९ गते दिउँसो १ बजे अस्पताल प्रशासन क्षेत्रमा...

पोखरा ।

पोखरा–११ रानीपौवास्थित मेडिप्लस अस्पताल एण्ड ट्रमा सेन्टर मा अन्तर्राष्ट्रिय नर्स दिवस २०२६ को अवसरमा “नर्सिङ ब्रेन ब्याटल – द नाइटिङ्गेल च्यालेन्ज” आयोजना हुने भएको छ ।

वैशाख २९ गते दिउँसो १ बजे अस्पताल प्रशासन क्षेत्रमा हुने कार्यक्रममा नर्सिङ स्टाफबीच अन्तर–विभागीय मेडिकल क्विज प्रतियोगिता सञ्चालन गरिनेछ ।

अस्पतालका अनुसार कार्यक्रमको उद्देश्य नर्सिङ स्टाफको क्षमता अभिवृद्धि, टीमवर्क, सञ्चार सीप तथा व्यावसायिक ज्ञान विकास गर्नु रहेको छ ।

कार्यक्रममा नर्सिङ स्टाफ, चिकित्सक, अस्पताल कर्मचारी तथा सरोकारवालाहरूको सहभागिता रहने जनाइएको छ ।

प्रकाशित मिति २०८३ वैशाख २७ गते आइतबार ०२:३१
हजुरको प्रतिक्रिया