२०८३ साउन २१ गते बिहीबार

सुकुम्बासी बस्ती हटाउने पीडामा परेर ज्यान गएका नागरिकको जिम्मेवारी सरकारले लिनुपर्छः खुश्वु ओली

सुकुम्बासी बस्ती हटाउने पीडामा परेर ज्यान गएका नागरिकको जिम्मेवारी सरकारले लिनुपर्छः खुश्वु ओली

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ वैशाख २८ गते सोमबार ०३:४६

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक ओलीले सरकारले संसद छलेर अध्यादेशहरु ल्याउने काम गरेको भन्दै आपत्ति जनाइन् । सरकारले प्रतिनिधिसभालाई कठपुतली बनाउने चेष्टा गरेको उनले आरोप समेत लगाइन् ।

पोखरा ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्वु ओलीले सरकारले सुकुम्बासी बस्तीमा ज्यान गएका दुई जना नागरिकको नैतिक जिम्मेवारी लिनुपर्ने बताएकी छिन् ।

सुकुम्बासी बस्तीमा डोजर चलाउने क्रममा पीडा भएपछि दुई जना नागरिकको ज्यान गएकाले उनीहरुको जिम्मा सरकार र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लिनुपर्ने उनको जिकिर थियो ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक ओलीले सरकारले संसद छलेर अध्यादेशहरु ल्याउने काम गरेको भन्दै आपत्ति जनाइन् । सरकारले प्रतिनिधिसभालाई कठपुतली बनाउने चेष्टा गरेको उनले आरोप समेत लगाइन् ।

प्रमुख सचेतक ओलीले भनिन्,‘सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाउने काम मानवीय संवेदनशीलताको गम्भिर असफलता हो । जसको नैतिक जिम्मेवारी सरकार र रास्वपाले लिनुपर्छ भन्ने माग गर्दछु । उद्धार भन्ने हो भने उहाँहरुको पहिला लगत संकलन गरिन्थ्यो । उद्धार भएको भए उहाँहरुलाई पहिला नै उचित ठाउँमा व्यवस्थापन गरिन्थ्यो । यहाँ त रुल अफ ल त परको कुरा भयो । रुल बाई ल पनि होइन । तत्कालीन अवस्थामा यो विधेयक आवश्यक देखिएको भएतापनि सरकारले प्रतिनिधि सभालाई बेवास्ता गरेको हो कि भन्ने देखिन्छ । अझ भनौ प्रतिनिधि सभालाई छायाँमा पारेको हो कि भन्ने भान पनि हुन्छ । प्रतिनिधिसभा सरकारको कठपुतली होइन । तपाईहरुलाई लाग्ला । यो मेरो कुरा होे । तर यो मेरो कुरा होइन, यो अहिले सत्तापक्षमा हुनु भएको माननीय मन्त्रीज्यूको कुरो हो ।’

प्रमुख सचेतक ओलीले सरकारले सुकुम्बासीहरुलाई पहिला नै व्यवस्थापन गरेर सो बस्ती हटाउने काम नगरेर गम्भिर गल्ती गरेको पनि औँल्याइन् ।

प्रकाशित मिति २०८३ वैशाख २८ गते सोमबार ०३:४६
हजुरको प्रतिक्रिया