२०८३ साउन २१ गते बिहीबार

स्मार्ट टेलिकमको घोटाला प्रकरणमा मेरो संलग्नताबारे पुष्टि भए राजनीतिबाट सन्याश लिन तयार छुः पूर्वसञ्चारमन्त्री खरेल

स्मार्ट टेलिकमको घोटाला प्रकरणमा मेरो संलग्नताबारे पुष्टि भए राजनीतिबाट सन्याश लिन तयार छुः पूर्वसञ्चारमन्त्री खरेल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ वैशाख २८ गते सोमबार ०४:४३

सो प्रकरणमा मलाई जोडेर आएको त्यस्ता समाचार निरर्थक, भ्रामक, घटिया र यति तल्लोको भएको जिकीर गर्दै सांसद खरेलले आफू र आफनो पार्टीको बदनाम गराउने उद्देश्यले उक्त समाचार आएका दाबी समेत गरे ।

पोखरा ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पूर्वसञ्चारमन्त्री जगदीश खरेलले आफूले स्मार्ट टेलिकममा घोटाला गरेको भनिएको प्रकाशित गरिएका समाचारप्रति आपत्ति जनाएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै उहाँले सो घोटाला प्रकरणमा आफू संलग्न भएको प्रमाणित भए राजनीतिक जीवनबाटै सन्याश लिने घोषणा समेत गरे ।

सो प्रकरणमा मलाई जोडेर आएको त्यस्ता समाचार निरर्थक, भ्रामक, घटिया र यति तल्लोको भएको जिकीर गर्दै सांसद खरेलले आफू र आफनो पार्टीको बदनाम गराउने उद्देश्यले उक्त समाचार आएका दाबी समेत गरे ।

उनले आफूले सञ्चार मन्त्रीको रुपमा रहँदा सो कम्पनीसँग एक पटक मिटिङ समेत नबसेको जिकिर समेत गरे ।

सांसद खरेलले भने, ‘यो स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरण भनेर त्यसमा मलाई जोडेर सुटुक्क स्विजरल्याण्ड भागे भनेर लेखिएको समाचार यति निरर्थक, यति भ्रामक, यति घटिया र यति तल्लो तह सी ग्रेडको पत्रकारिता पनि भन्न नसुहाउने किसिमको जसरी समाचार प्रकाशित गरियो । यसले मेरो मान, सम्मान, प्रतिष्ठा, मेरो राजनीतिक जीवन, समग्र संसद सांसदको भुमिका र मेरो पार्टीको पनि यसले अपमान गरेको मैले महशुस गरेको छु । र, सम्मानित संसदमा रेडर्क रहोस भनेर म खेद र भत्र्सना गर्न चाहन्छु । म चुनौति दिन चाहन्छु–स्माटे टेलिकम प्रकरणमा मैले एउटा मिटिङ एउटा फाइल मात्रै तलमाथि गरेको रहेछ भने यसको सन्दर्भमा घोटाला त परै जाओस मिटिङ मात्रै गरिएको रहेछ भने पनि मेरो सम्पूर्ण राजनीतिक जीवनबाट सधैँका लागि विदा लिन तयार हुन्छु ।’

सांसद खरेलले उक्त समाचार आफ्नो प्रतिष्ठामा आँच पु¥याउने गलत मनशायका साथ प्रकाशन, प्रशासन गरिएको पनि बताए ।

प्रकाशित मिति २०८३ वैशाख २८ गते सोमबार ०४:४३
हजुरको प्रतिक्रिया