२०८३ असोज २३ गते शुक्रबार

वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा परिणत गर्ने सरकारको नीतिः रोजगार प्रवद्र्धन दशक घोषणा

वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा परिणत गर्ने सरकारको नीतिः रोजगार प्रवद्र्धन दशक घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ वैशाख २८ गते सोमबार ०५:४२

अगामी आर्थिक वर्ष को नीति तथा कार्यक्रम प्रश्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा परिणत गर्न रोजगार प्रवद्र्धन दशक घोषणा गरिएको बताएका हुन् ।

पोखरा ।

सरकारले अगामी दशक (२०८३–८४ देखि २०९३–९४)लाई रोजगार प्रवद्र्धन दशक घोषणा गरेको छ ।

अगामी आर्थिक वर्ष को नीति तथा कार्यक्रम प्रश्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा परिणत गर्न रोजगार प्रवद्र्धन दशक घोषणा गरिएको बताएका हुन् ।

उनले विप्रेषणलाई उपभोगबाट उत्पादनशील लगानीमा रुपान्तरण गर्न विप्रषण लगानी मिलान कोष स्थापना गरिने बताए । विदेशमा मृत्यु वा अंगभंग भएकाका परिवारका लागि उद्धार र कल्याणकारी कार्यक्रम सुदृढ गरिने बताए ।

उनले औद्योगिक क्षेत्रलाई औपचारिक अर्थतन्त्रमा रुपान्तरण गर्दै श्रमिकको अधिकार संरक्षण गरिने बताए ।

प्रकाशित मिति २०८३ वैशाख २८ गते सोमबार ०५:४२
हजुरको प्रतिक्रिया