२०८३ साउन २१ गते बिहीबार

सत्तारुढ रास्वपाको जिकिरः सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्छ भन्ने छैन

सत्तारुढ रास्वपाको जिकिरः सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्छ भन्ने छैन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ वैशाख ३० गते बुधबार ०३:४३

उनले,‘यो कुनै नियममा पनि प्रधानमन्त्री स्वयं यो छलफलमा आउनुपर्ने व्यवस्था छैन ।र प्रधानमन्त्रीले मन्त्रीलाई तोक्न सक्ने व्यवस्था छ भनेर हामी सहमती गरेर यो दोस्रो बैठकमा आयौ । त्यसो भएपछि कि त प्रधानमन्त्रीको अनुहार नै हेर्नेहो भन्ने हुनु प¥यो । अन्यथा टेबुलगरिसकेको कुरा छलफलमा जानुपर्छ, टेबुल गर्न दिने तर छलफलमा नजाने भन्नेकुरा हुँदैन । कुनैपनि नियमा यस्तो छैन । यो त भएन ।’

पोखरा ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीको अनुपस्थितिमा पनि सरकारको नीति तथा कार्यक्रम छलफल हुनुपर्ने जिकिर गरेको छ ।

विपक्ष दलले प्रधानमन्त्री बालेन्द्र साहको अनिवार्य उपस्थितिको मा गर्दै संसद बैठक अवरुद्ध पारिरहँदा सत्तारुढ रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले सो कुरा बताएका हुन् ।

उनले प्रधानमन्त्रीको सो प्रश्ताव मन्त्रीले प्रश्ताव गर्दा हुने तर सो विषय प्रधानमन्त्रीको उपस्थिति विना छलफल हुँदैन भन्नेकुरा हुनै नसक्ने बताए ।

उनले संसदीय नियमावलीमा प्रधानमन्त्रीको उपस्थिति विना सो विषयमा छलफल गर्ननमिल्ने भन्नेकुरा नभएकोतर्फ पनि विपक्ष दलहरुको ध्यानाकर्षण गराए ।

उनले,‘यो कुनै नियममा पनि प्रधानमन्त्री स्वयं यो छलफलमा आउनुपर्ने व्यवस्था छैन ।र प्रधानमन्त्रीले मन्त्रीलाई तोक्न सक्ने व्यवस्था छ भनेर हामी सहमती गरेर यो दोस्रो बैठकमा आयौ । त्यसो भएपछि कि त प्रधानमन्त्रीको अनुहार नै हेर्नेहो भन्ने हुनु प¥यो । अन्यथा टेबुलगरिसकेको कुरा छलफलमा जानुपर्छ, टेबुल गर्न दिने तर छलफलमा नजाने भन्नेकुरा हुँदैन । कुनैपनि नियमा यस्तो छैन । यो त भएन ।’

प्रमुख सचेतक बुर्लाकोटीले विपक्ष दलहरुले प्रधानमन्त्रीको अनुहार हेर्न चाहे जसरी कुरा गरेको भन्दै कटाक्ष पनि गरे ।

प्रकाशित मिति २०८३ वैशाख ३० गते बुधबार ०३:४३
हजुरको प्रतिक्रिया