२०८३ साउन २१ गते बिहीबार

प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउने मिति तोक्ने आधार र अधिकार मैले देखेका छैनः सभामुख अर्याल

प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउने मिति तोक्ने आधार र अधिकार मैले देखेका छैनः सभामुख अर्याल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ वैशाख ३० गते बुधबार ०४:१०

पोखरा । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले आफू प्रधानमन्त्री बालेन्द्र साहलाई संसदको बैठकमा उपस्थितिका लागि मिति तोक्ने कुनै अधिकार नभएको बताएका छन् । विपक्ष दलका सांसदहरुले प्रधानमन्त्रीलाई सरकारको नीति तथा कार्यक्रममाथिको...

पोखरा ।

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले आफू प्रधानमन्त्री बालेन्द्र साहलाई संसदको बैठकमा उपस्थितिका लागि मिति तोक्ने कुनै अधिकार नभएको बताएका छन् ।

विपक्ष दलका सांसदहरुले प्रधानमन्त्रीलाई सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग उपस्थित गराउनका लागि रुलिङ गर्न विपक्ष दलका सांसदहरुले माग गरेपछि उनले सो कुरा प्रष्ट्याएका हुन् । सभामुख अर्यालले कुनैपनि सांसदहरुलाई सभामा उपस्थितिका लागि कार्यतालिका तोक्ने अधिकार र आधार आफूसँग नभएको स्पष्ट पारे ।

उनले भने ‘हामी कानून निर्माणको थलोमा छौ । हामी त्यही कानूनमा टेकेर सभा सञ्चालन गरिहेका छौ । हामी त्यसैमा टेकेर सदन संचालन गर्न चाहन्छौँ । तर अहिले माननीय सदस्यहरुले के प्रश्न गरिरहनुभएको छ भने सम्माननीय प्रधानमन्त्री आउने सुनिश्चितता गर्नु प¥यो भनेर । म माननीय सदस्यहरुलाई आगामी दिनपनि कोही पनि माननीय सदस्यज्युहरुको सम्माननीय प्रधानमन्त्रीज्युको मात्रै होइन, कोही पनि माननीय सदस्यज्यूहरु भोली यो सदनमा आउन सक्नु हुन्छ वा सक्नु हुन्न भनेर आज नै सभामुखले उहाँ सदस्यको भोलीसम्मको कार्यतालिका सोध्न सक्नेकुनै आधार अधिकार मैले देख्दिन ।’

सभामुख अर्यालले आफूले आजको बैठक सुचारु गराउन विपक्ष दलका सांसदहरुलाईं आग्रह गर्दै सभामा उपस्थितिका लागि आजै बेलुका प्रधानमन्त्री साहसँग आफूले छलफल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । प्रतिनिधि सभाको बैठक पुनः १५ मिनेटका लागि स्थगित भएको छ ।

प्रकाशित मिति २०८३ वैशाख ३० गते बुधबार ०४:१०
हजुरको प्रतिक्रिया