२०८३ साउन २१ गते बिहीबार

नागरिक अधिकार र राष्ट्रिय सुरक्षाको चुनौति बारे छलफल

नागरिक अधिकार र राष्ट्रिय सुरक्षाको चुनौति बारे छलफल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ जेठ २ गते शनिबार ०५:४२

पोखरा । परराष्ट्र मामिला तथा सुरक्षा विज्ञ इन्द्र अधिकारीले नेपालको सार्वभौमसत्ता विभिन्न राजनीतिक व्यवस्थामार्फत जोगिँदै आएको भएपनि कूटनीतिक अभ्यासमा अझै ‘हिनताबोध’ देखिने गरेको बताएकी छन् । आज आयोजित नागरिक अधिकार र राष्ट्रिय...

पोखरा ।

परराष्ट्र मामिला तथा सुरक्षा विज्ञ इन्द्र अधिकारीले नेपालको सार्वभौमसत्ता विभिन्न राजनीतिक व्यवस्थामार्फत जोगिँदै आएको भएपनि कूटनीतिक अभ्यासमा अझै ‘हिनताबोध’ देखिने गरेको बताएकी छन् ।

आज आयोजित नागरिक अधिकार र राष्ट्रिय सुरक्षाको चुनौति विषयक छलफल कार्यक्रममा अधिकारीले नेपालले आफूलाई औपचारिक रूपमा कहिल्यै पनि ‘बफर स्टेट’ स्वीकार नगरेको स्पष्ट पार्दै दुई ठूला शक्तिबीच द्वन्द्व रोक्न सक्ने हैसियत भएको राज्यलाई मात्रै ‘बफर स्टेट’ मानिने तर्क गरिन् । वर्तमान अवस्थामा नेपालले ‘बफर टु ब्रिज’ अवधारणामार्फत आफ्नो भू–राजनीतिक अवस्थालाई अवसरका रूपमा उपयोग गर्नुपर्ने उनको भनाइ छ ।

जेन–जी अभियन्ता माजिद अन्सारीले मुलुकका लोकतान्त्रिक संस्था र सुरक्षा निकाय कमजोर बन्दै गएको भन्दै राष्ट्रिय सुरक्षा र लोकतन्त्रको भविष्यमाथि गम्भीर प्रश्न उठेको बताए । राजनीतिक ध्रुवीकरण, सामाजिक सञ्जालमा बढ्दो गालीगलौज र चरम विचारको प्रभावले लोकतान्त्रिक संस्थाहरू थप कमजोर बनेको उनले बताए ।

वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले नेपालको वर्तमान संविधान, न्यायपालिका र राजनीतिक दलहरूको कार्यशैलीप्रति चिन्ता व्यक्त गरे । संविधान निर्माणमा संलग्न शक्तिहरूबाटै संविधान कमजोर बनाउने प्रयास भइरहेको उल्लेख गर्दै उनले प्रतिनिधि सभा विघटनका घटनाबाट संविधानलाई ‘डिरेल’ गर्ने प्रयास भएको टिप्पणी गरे । राजनीतिक दलभित्र आन्तरिक लोकतन्त्र समाप्त हुँदा नागरिक स्वतन्त्रतामा समेत असर परेको उनको भनाइ छ।

 

प्रकाशित मिति २०८३ जेठ २ गते शनिबार ०५:४२
हजुरको प्रतिक्रिया