२०८३ असोज २३ गते शुक्रबार

एभीसी सेन्ट्रल जोन भलिबलः नेपाली महिला टोलीको लगातार पाँचौं जित

एभीसी सेन्ट्रल जोन भलिबलः नेपाली महिला टोलीको लगातार पाँचौं जित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस १२ गते सोमबार ०३:२९

काठमाडौँ । एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनशिपमा नेपाली महिला टोलीले लगातार पाँचौ जित निकालेको छ । ढाकामा आज (सोमबार) राउण्ड रोबिनको अन्तिम खेलमा किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले लगातार पाँचौं जित निकालेको...

काठमाडौँ । एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनशिपमा नेपाली महिला टोलीले लगातार पाँचौ जित निकालेको छ ।

ढाकामा आज (सोमबार) राउण्ड रोबिनको अन्तिम खेलमा किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले लगातार पाँचौं जित निकालेको हो ।

नेपालले किर्गिस्तानलाई २५–८, २५–१४ र २५–१७ को सेटमा हराएको हो ।

यस जितसँगै नेपालले शीर्ष स्थानमा रहदै फाइनलमा स्थान बनाएको छ । नेपालले ५ खेलमा १४ अंक जोडेको छ ।

यस अघि नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–२ सेटमा हराएको थियो । दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३–० र तेस्रो खेलमा बंगलादेशलाई ३–० को सेटमा हराएको थियो ।

यस्तै चौंथो खेलमा उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल एक खेल अगाबै फाइनलमा पुगेको थियो ।

अब नेपालले उपाधिका लागि उज्वेकिस्तानसँग मंगलबार खेल्नेछ ।

उज्वेकिस्तानले ५ खेलमा ११ अंक जोड्यो ।

श्रीलंका र किर्गिस्तानले तेस्रो स्थानमा लागि खेल्ने छन् ।

प्रकाशित मिति २०७८ पुस १२ गते सोमबार ०३:२९
हजुरको प्रतिक्रिया