२०८३ साउन २१ गते बिहीबार

प्रधानन्यायाधीश नियुक्ति प्रकरण इतिहासमै विवादितः सांसद अर्याल

प्रधानन्यायाधीश नियुक्ति प्रकरण इतिहासमै विवादितः सांसद अर्याल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ जेठ ५ गते मंगलबार ०४:००

न्याय र कानुनको विकासमा अरूभन्दा उत्कृष्ट योगदान पु¥याएको आधार के हो भनी उनले स्पष्टीकरण माग गरिन् । कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्न खोजेको आरोप उनले आरोप लगाइन् ।

पोखरा ।

नेकपा (एमाले) की सांसद पद्मा अर्यालले प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियामा वरिष्ठता र योग्यताको स्थापित सिद्धान्त मिचिएको भन्दै प्रश्न उठाएकी छिन् ।

मंगलबार संसदीय सुनुवाई समितिमा प्रश्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाइका क्रममा धारणा राख्दै उनले यस पटकको प्रधानन्यायाधीश नियुक्ति प्रकरण इतिहासमै विवादित बनेको टिप्पणी गरिन् ।

प्रश्तावित प्रधानन्यायाधीश शर्माले प्रश्तुत गरेको कार्ययोजना र प्रतिवद्धतामाथि केन्द्रित हुँदै सांसद अर्यालले चारवटा मुख्य बुँदामा स्पष्टीकरण माग गरेकी छिन् ।

उनले वरीयता क्रममा चौथो नम्बरमा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरिनुले न्याय क्षेत्रमा गलत नजिर बस्ने आशंका व्यक्त गरिन् ।

उनले अन्य तीन वरिष्ठ न्यायाधीशहरू भन्दा डा. शर्मामा कुन विशेष योग्यता र विशेषता छ भन्दै त्यसलाई पुष्टि गर्न चुनौती समेत दिइन् ।

न्याय र कानुनको विकासमा अरूभन्दा उत्कृष्ट योगदान पु¥याएको आधार के हो भनी उनले स्पष्टीकरण माग गरिन् । कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्न खोजेको आरोप उनले आरोप लगाइन् ।

उनले भनिन्, ‘नेपालको न्यायिक इतिहासमा पहिलोपटक चौथो नम्बरको वरीयतामा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको छ । यसले स्थापित वरिष्ठता र योग्यताको सिद्धान्तलाई कसरी आत्मसात् गर्छ ? के यसले भविष्यमा न्यायाधीशहरूमा कार्यक्षमता भन्दा राजनीतिक निकटता खोज्ने प्रवृत्तिलाई प्रश्रय दिँदैन ? संवैधानिक परिषद्को यो निर्णयले न्यायपालिकाको स्वतन्त्रतामा कस्तो असर पार्छ ? के तपाईं प्रधानन्यायाधीश नियुक्त भएपछि कार्यपालिकाका गलत निर्णयहरूमाथि निर्धक्क भएर अंकुश लगाउन सक्नुहुन्छ ?’
सांसद अर्यालले न्यायमा पहुँचको विषयलाई लिएर पनि डा. शर्माको विगतको कार्यक्षमतामाथि प्रश्न उठाइन् ।

लामो समय ‘न्यायमा पहुँच आयोग’ को नेतृत्व सम्हाल्दा पनि नतिजा कमजोर रहेको उल्लेख गर्दै उनले अबको ६ वर्षे कार्यकालमा अदालतलाई सर्वसाधारणका लागि सुलभ र सस्तो बनाउने ठोस आधार के छ भनी जिज्ञासा राखिन् ।

प्रश्तावित प्रधानन्यायाधीश विरुद्ध परेका उजुरीहरू र बाहिर चर्चामा रहेका विषयहरूलाई आधार मानी आफूले यी प्रश्नहरू उठाएको सांसद अर्यालको भनाइ छ ।

प्रकाशित मिति २०८३ जेठ ५ गते मंगलबार ०४:००
हजुरको प्रतिक्रिया