२०८३ साउन २१ गते बिहीबार

प्रश्तावित प्रधानन्यायाधीश शर्माको स्पष्टिकरण– मेरो सिफारिसविरुद्ध सर्वोच्चमा परेको रिट दर्ता नगर्न दबाद दिएको छैन

प्रश्तावित प्रधानन्यायाधीश शर्माको स्पष्टिकरण– मेरो सिफारिसविरुद्ध सर्वोच्चमा परेको रिट दर्ता नगर्न दबाद दिएको छैन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ जेठ ५ गते मंगलबार ०४:१४

उनले भने, ‘उजुरी दर्ता गर्ने की दरपिठ गर्ने भन्ने कुरा उजुरीको प्रकृति हेरेर न्याय प्रशासनले गर्ने निर्णय हो । यसमा न्याय प्रशासन स्वतन्त्र छ । मिडियामा मैले आफूविरुद्धको उजुरी दर्ता हुनबाट रोके बनेर जसरी हल्लाहरु आएको छ । यो सबै झुटो हो । यो गलत आरोप हो । यसमा मेरो थप कुनै टिप्पणी छैन ।’

पोखरा ।

प्रश्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफ्नो सिफारिसविरुद्ध सर्वोच्च अदालतमा परेको रिट दर्ता नगर्न आफूले दबाब नदिएको स्पष्टिकरण दिएका छन् ।

संसदीय सुनुवाईको क्रममा मंगलवार संसदीय समितिमा बोल्दे उनले यस्तो स्पष्टिकरण दिएका हुन् ।  उनले उजुरीको प्रकृतिका आधारमा दर्ता गर्ने वा नगर्ने भन्ने निर्णय गर्न सर्वोच्च प्रशासन स्वतनत्र रहेको पनि बताए ।

मिडियामा आफूलाई आरोपित गर्नेगरी हल्ला गरिएको भन्दै थप टिप्पणी नभएको समेत उनले स्पष्ट पारे ।

उनले भने, ‘उजुरी दर्ता गर्ने की दरपिठ गर्ने भन्ने कुरा उजुरीको प्रकृति हेरेर न्याय प्रशासनले गर्ने निर्णय हो । यसमा न्याय प्रशासन स्वतन्त्र छ । मिडियामा मैले आफूविरुद्धको उजुरी दर्ता हुनबाट रोके बनेर जसरी हल्लाहरु आएको छ । यो सबै झुटो हो । यो गलत आरोप हो । यसमा मेरो थप कुनै टिप्पणी छैन ।’

उनले बार र न्यायालय (बेन्च)बीच द्वन्द्व नभएको समेत स्पष्ट पारे । सांसदहरुले बार र बेन्चबीचको द्वन्द्व व्यवस्थापन कसरी गर्नुहुन्छ ? भन्दै प्रश्न गरेका थिए ।

प्रकाशित मिति २०८३ जेठ ५ गते मंगलबार ०४:१४
हजुरको प्रतिक्रिया