पोखरा ।
सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
मंगलबार शितल निवासमा एक समारोहका बीच प्रधानन्यायाधीश शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
मंगलबार नै संसदीय सुनुवाई समितिबाट सर्वसम्मतले अनुमोदन भएका प्रधानन्यायाधीश शर्मालाई राष्ट्रपति पौडेलले प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायत उच्च पदस्थ व्यक्तिहरू सहभागी थिए ।
शर्मालाई संवैधानिक परिषद् बैठकले गत वैशाख २४ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।
उनले सर्वोच्च अदालतमा ६ वर्षे पूरा कार्यकालल पूरा गर्नेछन् । उनले २०८९ जेठसम्म सर्वोच्चको नेतृत्व सम्हाल्नेछन् ।
प्रकाशित मिति २०८३ जेठ ५ गते मंगलबार ०७:४६