२०८३ साउन २१ गते बिहीबार

पोखराको फुटपाथमा पार्किङ गर्न नपाइने, कारबाहीमा परे २ सय २ सवारीसाधन

पोखराको फुटपाथमा पार्किङ गर्न नपाइने, कारबाहीमा परे २ सय २ सवारीसाधन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ जेठ ७ गते बिहीबार ११:०५

पोखरा — कास्की प्रहरीले पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रका फुटपाथमा पार्किङ गरेका २ सय २ वटा सवारीसाधनलाई कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा पोखरा महानगरपालिकाको नगर प्रहरीको...

पोखरा — कास्की प्रहरीले पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रका फुटपाथमा पार्किङ गरेका २ सय २ वटा सवारीसाधनलाई कारबाही गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा पोखरा महानगरपालिकाको नगर प्रहरीको संयुक्त टोलीले बिहीबार सभागृहचोक, न्यूरोड, चिप्लेढुंगा, महेन्द्रपुल, पालिखेचोक, नयाँबजार र पृथ्वीचोक क्षेत्रको फुटपाथमा पार्किङ गरी सर्वसाधारणको आवतजावतमा अवरोध पु¥याएको भन्दै कारबाही गरेको हो ।

निमित्त सूचना अधिकारी गणेश पाण्डेका अनुसार फुटपाथमै मोटरसाइकल तथा स्कुटर पार्किङ गर्दा पैदलयात्रु तथा फरक क्षमता भएका व्यक्तिलाई हिँडडुल गर्न समस्या भएको गुनासोपछि अनुगमनलाई तीव्र बनाइएको हो ।

कारबाहीका क्रममा १ सय १ वटा सवारीसाधनलाई ‘अन द स्पट’ जरिवाना गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै ८१ वटा स्कुटर र २० वटा मोटरसाइकल गरी थप १ सय १ वटा दुईपांग्रे सवारीसाधन नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया अघि बढाइएको छ ।

कास्की प्रहरीले सार्वजनिक स्थान, सडक र फुटपाथमा जथाभावी पार्किङ नगर्न सवारीधनीलाई आग्रह गरेको छ ।

प्रकाशित मिति २०८३ जेठ ७ गते बिहीबार ११:०५
हजुरको प्रतिक्रिया