२०८३ साउन २१ गते बिहीबार

प्रदर्शन चलिरहँदा अदालत धाउँदै ‘लालीबजार’ टिम

प्रदर्शन चलिरहँदा अदालत धाउँदै ‘लालीबजार’ टिम

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ जेठ १३ गते बुधबार १२:३८

पोखरा । नेपाली फिल्म लालीबजार गत वैशाख २५ गतेदेखि देशभर प्रदर्शनरत छ । केन्द्रीय चलचित्र जाँच समितिबाट ‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त गरेको उक्त फिल्मलाई हालसम्म दुई लाखभन्दा बढी दर्शकले हेरिसकेको निर्माण पक्षले जनाएको छ । आमा–छोरीको...

पोखरा ।

नेपाली फिल्म लालीबजार गत वैशाख २५ गतेदेखि देशभर प्रदर्शनरत छ । केन्द्रीय चलचित्र जाँच समितिबाट ‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त गरेको उक्त फिल्मलाई हालसम्म दुई लाखभन्दा बढी दर्शकले हेरिसकेको निर्माण पक्षले जनाएको छ ।

आमा–छोरीको सम्बन्धलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्मले बादी समुदायको सामाजिक यथार्थ, शोषण र शिक्षामार्फत चेतनाको विकाससँगै पहिचान तथा अस्तित्वका लागि गरिएको संघर्षलाई प्रस्तुत गरेको छ ।

फिल्मप्रति बादी समुदायका अभियन्ता तथा दर्शकले सकारात्मक प्रतिक्रिया दिएको निर्माण टिमको दाबी छ ।

यद्यपि, प्रदर्शनसँगै फिल्म कानूनी विवादमा समेत तानिएको छ । फिल्मको प्रदर्शन रोक्न माग गर्दै सर्वोच्च अदालत र उच्च अदालत पाटनमा रिट दायर भएका छन् । दुवै अदालतमा एकै समयमा सुनुवाइ भइरहेका कारण फिल्मसँग सम्बन्धित सदस्यहरू अदालत धाइरहेका छन् ।

आज पनि अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ तथा कार्यकारी निर्माता प्रदीप भट्टराई लगायतका सदस्य अदालत उपस्थित भएका छन् ।

सरकारको नियामक निकायबाट प्रदर्शन अनुमति प्राप्त फिल्मले पुनः अदालतमा आफ्नो पक्ष स्पष्ट पार्नुपर्ने अवस्था सिर्जना भएको भन्दै निर्माण पक्षले असन्तुष्टि जनाएको छ ।

 

प्रकाशित मिति २०८३ जेठ १३ गते बुधबार १२:३८
हजुरको प्रतिक्रिया