२०८३ असोज २४ गते शनिबार

नेपालले पनि भारतको सीमा मिचेको रहेछ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक छः एमाले सांसद बराल

नेपालले पनि भारतको सीमा मिचेको रहेछ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक छः एमाले सांसद बराल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ जेठ १७ गते आइतबार ०६:३८

आईतबार सिंहदरबारस्थित संसद परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा एमालेका सांसद गुरुप्रसाद बरालले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले आम नेपालीको शीर झुकाएको उल्लेख गर्दै त्यसलाई गम्भिरतापूर्वक लिने बताए ।

पोखरा ।

नेपालले पनि भारतको सीमा मिचेको रहेछ भन्ने प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिप्रति प्रतिपक्ष नेकपा (एमाले)ले आपत्ति जनाएको छ ।

आईतबार सिंहदरबारस्थित संसद परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा एमालेका सांसद गुरुप्रसाद बरालले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले आम नेपालीको शीर झुकाएको उल्लेख गर्दै त्यसलाई गम्भिरतापूर्वक लिने बताए ।

उनले प्रधानमन्त्रीको सो अभिव्यक्तिले सबै नेपालीको प्रतिष्ठामा आँच आएको जिकिर पनि गरे ।

सांसद बरालले भने,‘नेपालले समेत भारतको भूमि मिचेको रहेछ । म प्रधानमन्त्री भएपछि यो कुरा थाहा पाएँ भनेर प्रधानमन्त्रीले जसरी आज हाउसमा बोल्नु भएको छ । यसले हामी सबै नेपालको शीर झुकेको छ । र, प्रधानमन्त्रीको हैसियतले यसरी देशको सीमाका विषयमा नेपालले भारतको सीमाना मिचेको छ भनेर अत्यन्तै दुःखद् छ । गम्भिर आपत्तिजनक छ । र, आज यो विषय सबै नेपालीहरुका लागि गम्भिर प्रतिष्ठाको विषय बन्यो । र, देशको शीर यसले झुकाएको छ । हामी यो विषयलाई गम्भिरतापूर्वक उठाउन चाहन्छौँ । यो कुरा सबै नेपाली सबै देशभक्त स्वामीमानीहरुको शीरमाथि उहाँले धब्बा लगाउनुभएको छ ।’

सांसद बरालले प्रधानमन्त्री साहले नेपाली जनताको प्रतिष्ठामा आँच आउने खालको अभिव्यक्ति दिन थालेको पनि बताए ।

प्रकाशित मिति २०८३ जेठ १७ गते आइतबार ०६:३८
हजुरको प्रतिक्रिया