२०८३ साउन २१ गते बिहीबार

प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति राष्ट्रघाती भएको विपक्ष दलहरुको निष्कर्ष, माफी माग्न माग

प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति राष्ट्रघाती भएको विपक्ष दलहरुको निष्कर्ष, माफी माग्न माग

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ जेठ १८ गते सोमबार ०४:३३

सचेतक राईले भने,‘हिजो प्रधानमन्त्रीले जुन खालको अभिव्यक्ति दिनु भयो । त्यहाँ नेपालले भारतको भुमि अतिक्रमणनै गरेको भनेर जुन खालको अभिव्यक्ति । यो अत्यन्तै गैरजिम्मेवारपूर्ण अभिव्यक्ति छ । यो राष्ट्रघाती खालको अभिव्यक्ति छ । मिचेको होइन भने उहाँले संसदमा आएर त्यही गरिमामय रोष्टमबाट माफी माग्नुपर्दछ भन्ने हाम्रो आजको अडान हो । हामीले यस्ता खाला अभिव्यक्तिहरुले हाम्रो सार्वभौमिकतामा राम्रो गरिराखेको छैन । त्यसो भएको हुनाले उहाँले माफी माग्नुपर्दछ भन्ने हो ।’

पोखरा ।

विपक्ष दलहरुले भारतसँग सीमा सम्बन्धि प्रधानमन्त्री बालेन्द्र साहले दिएको अभिव्यक्ति राष्ट्रघाती भएको निष्कर्ष निकाल्दै संसदमा आएर माफी माग्न माग गरेका छन् ।

सोमबार प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलमा बसेको विपक्ष दलहरुको बैठकले प्रधानमन्त्रीले संसदमा नेपालको पनि भारतको धेरै ठाउँ मिचेको छ भनि दिए अभिव्यक्ति राष्ट्रघाती भएको निष्कर्ष निकाल्दै माफी माग्न प्रधानमन्त्री साहलाई सचेत गराउने निर्णय गरेको हो ।

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएकाले संसदमा आएर माफी माग्न माग गरिएको प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सचेतक निश्कल राईले बताए । उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै आक्रोश समेत व्यक्त गरे ।

सचेतक राईले भने,‘हिजो प्रधानमन्त्रीले जुन खालको अभिव्यक्ति दिनु भयो । त्यहाँ नेपालले भारतको भुमि अतिक्रमणनै गरेको भनेर जुन खालको अभिव्यक्ति । यो अत्यन्तै गैरजिम्मेवारपूर्ण अभिव्यक्ति छ । यो राष्ट्रघाती खालको अभिव्यक्ति छ । मिचेको होइन भने उहाँले संसदमा आएर त्यही गरिमामय रोष्टमबाट माफी माग्नुपर्दछ भन्ने हाम्रो आजको अडान हो । हामीले यस्ता खाला अभिव्यक्तिहरुले हाम्रो सार्वभौमिकतामा राम्रो गरिराखेको छैन । त्यसो भएको हुनाले उहाँले माफी माग्नुपर्दछ भन्ने हो ।’

त्यसैगरी विपक्ष दलहरुले सभामुख डोलप्रसाद अर्यालले संसदको नियमावली विपक्ष दलहरुलाई पेलेर पास गराएको भन्दै आपत्ति समेत जनाएको छ ।

विपक्ष दलहरुलाई पेलेर संसदको नियमावली पास गराउने सभामुख अर्यालको भूमिका दुःखद् भएको निष्कर्ष पनि बैठकले निकालेको एमाले संसदीय दलकी उपनेता पद्या अर्यालले बताइन् ।

उनले भनिन्,‘राष्ट्रियता जस्तो संवेदनशील विषयमा हामी सबैको चासोको विषय हो । तर जुन ढंगले संसद ठेलेर, पेलेर अगाडि बढाउने परिस्थिति बन्यो । त्यो राम्रो होइन । इतिहास हेर्नु भयो भने नेपालको इतिहासमा संसद परिचालन गर्ने नियमावली हामी सबैको साझा हो नि । सरकार कसैको हुन सक्छ । तर त्यो संसदमा भएको सबै सदस्यको अपनत्व हुने गरी नियमावली पास गर्नु पर्दथ्यो । हाम्रो कुरा त्यो थियो । तर सम्माननीय सभामुख महोदयले खै किन हो ? त्यो विषयमा एक पटक हामी छलफल गरेर कुरा गरेर वातावरण बनाउभन्नेतिर लाग्नु भएन । विगतमा पनि हाम्रा विमतिका विषयहरु हुन्थे । कहिले कसका हुन्थे, कहिले कसका हुन्थे । जसले नेतृत्व गरेको छ । त्यो दलले सहमती गरेर नै संसदको नियमावली सहमतीमा नै पास भएर आएको इतिहास हो । तर यस पटक विपक्षलाई नाराबाजीमा उतारेर पास गर्ने जे खालको कुरा भयो । यो धेरै दुखद कुरा हो । हामीेले यस विषयमा विश्लेषण गरेका छौ । सम्माननीय प्रधानमन्त्रीजीले सार्वभौम संसदमा आएर जुन खालको जवाफ दिँदै गर्दा जुन राष्ट्रघाती अभिव्यक्ति उहाँले दिनु भयो । त्यसले सिंगो नेपाल राष्ट्रको शीर झुकेको छ । हामी नेपालीहरुको स्वाभिमान कमजोर भएको छ । र, हामी सबैको शीर झुकेको छ । यो निन्दनीय कुरा नै छ । र, त्यसका प्रति राष्ट्रलाई शीरमा बोकेर राष्ट्रका मोटोलाई समातेर कसम खाएर सम्माननीय प्रधानमन्त्रीज्यूले आफना त्रुटीपूर्ण जुन खालका राष्ट्रघाती अभिव्यक्ति हो । त्यो क्षमायाचनासहित भन्ने निष्कर्ष प्रतिपक्ष दलहरुको छ । हामी त्यो कुरा संसदमार्फत प्रशारण गर्छौ । अव संसदमा त्यसको रेसपोन्स कसरी जान्छ ? त्यसको आधारमा भोलीका दिनमा हाम्रा कार्यक्रमहरु तय हुन्छ ।’

विपक्ष दलहरुले सभामुख अर्यालको भुमिकाप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रकाशित मिति २०८३ जेठ १८ गते सोमबार ०४:३३
हजुरको प्रतिक्रिया