पोखरा ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्री बालेन्द्र साहले संसदको रोष्टमबाट नेपालले पनि भारतको धेरै ठाउँ मिचेको रहेछ भनि दिएको अभिव्यक्ति फिर्ता नभएसम्म संसद बैठक चल्न नदिने चेतावनी दिएको छ ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उक्त पार्टीका संसदीय दलका उपनेता अभिषेकप्रताप शाहले यस्तो चेतावनी दिएका हुन् ।
उनले प्रधानमन्त्री राष्ट्रियतासँग सम्बन्धित यस्तो संवेदनशील विषयमा गम्भिर खालको अभिव्यक्ति दिएकाले त्यसबारे माफी नमागी संसद बैठक अघि बढाउन नसकिने स्पष्ट पारे ।
उपनेता शाहले प्रधानमन्त्री साहमा संसदमा आपत्तिजनक अभिव्यक्ति दिने कुरा सैह्य नहुने पनि बताए ।
उनले भने,‘प्रधानमन्त्रीले संसदमा आएर १७ गते जुन स्टेटमेन्ट दिनु भएको थियो । कि त्यो फिर्ता लिनुपर्दछ । कि यो संसदमा आएर उहाँले माफी माग्नुपर्दछ । प्रधानमन्त्रीले संसदमा आएर माफी माग्नु पर्दछ । नत्र हामी यो संवेदनशील विषयमा प्रधानमन्त्रीले माफी नमागी संसद चल्न दिन सकिँदैन ।’
उपनेता साहले काँग्रेसले प्रधानमन्त्री साहको उक्त अभिव्यक्तिप्रति कडा शैलीमा प्रतिवाद गर्ने पनि बताए ।
प्रकाशित मिति २०८३ जेठ १९ गते मंगलबार ०४:१०




