२०८३ साउन २१ गते बिहीबार

मंगलबार पोखराका १९ सहित गण्डकी प्रदेशमा ४४ संक्रमित थपिए

मंगलबार पोखराका १९ सहित गण्डकी प्रदेशमा ४४ संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज ६ गते मंगलबार ०४:३२

पोखरा । म‌ंगलबार पोखराका १९ जना सहित गण्डकी प्रदेशमा ४४ जना कोरोना संक्रमित भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको मंगलबार दिउँसो ३:३० बजेसम्मको विज्ञप्ती अनुसार पोखरा...

पोखरा–७ मा कार्यरत ५ जना संक्रमित नेपाल प्रहरी

पोखरा । म‌ंगलबार पोखराका १९ जना सहित गण्डकी प्रदेशमा ४४ जना कोरोना संक्रमित भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको मंगलबार दिउँसो ३:३० बजेसम्मको विज्ञप्ती अनुसार पोखरा महानगरपालिका वडा नं ७ मा कार्यरत ५ जना नेपाल प्रहरीसहित १९ जना कोरोना संक्रमित थपिएका छन् ।
मंगलबार थप हुने अन्य संक्रमितहरुमा कुस्मा नगरपालिका पर्वतका ३ जना, बेसीसहर नगरपालिका लमजुङ्का ६ जना, तनहुँका ६ जना, बाग्लुङ्का १ जना, नवलपरासी बर्दघाट सुस्तापूर्बका ९ जना रहेका छन । जसमध्ये धेरै जना संक्रमित कन्ट्याक ट्रेसिङ्बाट पत्ता लागेका र सवैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भएको निर्देशनालयले जनाएको छ ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३५२३ पुगेको छ |

प्रकाशित मिति २०७७ असोज ६ गते मंगलबार ०४:३२
हजुरको प्रतिक्रिया