२०८३ असोज २३ गते शुक्रबार

निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग

निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ जेठ २२ गते शुक्रबार ०५:०८

उनले निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा गृह मन्त्रालयमा फेरि पठाएको जानकारी दिँदै उक्त विधेयक, २०८४ सालको प्रदेश र स्थानीय तह निर्वाचनभन्दा पहिले पारित हुनुपर्नेमा जोड दिए ।

पोखरा ।

निर्वाचन आयुक्त सगुनशमशेर राणाले प्रश्तावित निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको पारित भए निर्वाचन प्रणालीमा देखिएका करिव ९० प्रतिशत समस्या समाधान हुने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

उनले निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा गृह मन्त्रालयमा फेरि पठाएको जानकारी दिँदै उक्त विधेयक, २०८४ सालको प्रदेश र स्थानीय तह निर्वाचनभन्दा पहिले पारित हुनुपर्नेमा जोड दिए ।

उनले विगतमा समेत निर्वाचनसम्बन्धी कानूनलाई संशोधन गर्ने विधेयक गृहमा पठाएको भएपनि संसदमा पेश हुनै नसकेको उल्लेख गरे ।

उनले भने, ‘अब छिट्टै २०८४ सालमा प्रदेश र स्थानीय तहको निर्वाचन आउँदैछ । उक्त निर्वाचनको तयारीस्वरुप हामीले कानून बनाउनुपर्छ । अहिले भर्खरै पनि हामीले निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा गृह मन्त्रालयमा फेरि पठाएका छौँ । विगत पनि पठाएका थियौँ, संसदमा जान सकेन । यो पटक संसदबाट पास हुने विश्वास छ । यो विधेयक पास भयो भने अहिलेको निर्वाचनसम्बन्धीका ९० प्रतिशत समस्या हल गर्छ । हामीले त उहिल्यै विधेयकको मस्यौदा पठाएको हो भएन । यो पटक विधेयकमाथि विचार विमर्श भइदियोस् भन्ने हाम्रो कामना छ ।’

उनले २०८२ फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन विभिन्न कोणबाट ऐतिहासिक भएको पनि बताए ।

उनले निर्वाचनको क्रममा दलहरुले भौतिक रुपमाभन्दा बढी सामाजिक सञ्जालमार्फत निर्वाचन आचारसंहित उल्लङ्घन गरेको समेत बताए ।

प्रकाशित मिति २०८३ जेठ २२ गते शुक्रबार ०५:०८
हजुरको प्रतिक्रिया