पोखरा ।
विपक्षी दलहरूको विरोध कायमै रहेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री बालेन्द्र साहले सीमासम्बन्धमा दिएको विवादित अभिव्यक्ति सच्याउँदै माफी माग्नुपर्ने भन्दै विपक्षी दलहरूले अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका सभाको बैठक स्थगित गरेका थिए ।
संसदको बैठक शुरु हुनासाथ विपक्षी दलहरुले उठेर विरोध जनाएका थिए । विपक्षी दलहरूले कार्यसूचीमा प्रवेश गर्न नदिएपछि १५ मिनेटका लागि स्थगित गरिएको बैठक पछि बैठक सूचना टाँसेर स्थगित गरिएको हो । खब अर्को बैठक भोली मंगलबारका लागि बोलाइएको छ ।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले सूचना जारी गरी अर्को बैठक मंगलवार दिउँसो १ बजे बस्ने जनाएका छन् ।
‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र रोष्ट्र्ममा माफी माग्नुपर्ने माग राख्दै विपक्षीले प्रतिनिधिसभा बैठकमा विरोध गर्दै आएका छन् ।
यही जेठ १७ गते प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल–भारतको सीमा भारतको तर्फबाट नभई नेपालको तर्फबाट समेत अतिक्रमण गरिएको अभिव्यक्ति दिएका थिए ।
सोही अभिव्यक्तिलाई लिएर विपक्षी दलहरुले संघीय संसदका दुवै सदनमा विरोध गर्दै आएका छन् ।





