२०८३ असोज २३ गते शुक्रबार

गृहमन्त्रीमा सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीरले लिए पद तथा गोपनियताको सपथ

गृहमन्त्रीमा सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीरले लिए पद तथा गोपनियताको सपथ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ जेठ २६ गते मंगलबार ०५:३०

मन्त्रीमण्डल पुनर्गठन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीरलाई नियुक्त गर्न सिफारिस गरेका थिए । प्रधानमन्त्रीको सिफारिसको आधारमा राष्ट्रपति पौडेलले मंगलवार नै गुरुङ र पुनलाई मन्त्री नियुक्त गरेका थिए ।

पोखरा ।

गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनियताको सपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै मन्त्रीलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

मन्त्रीमण्डल पुनर्गठन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीरलाई नियुक्त गर्न सिफारिस गरेका थिए ।

प्रधानमन्त्रीको सिफारिसको आधारमा राष्ट्रपति पौडेलले मंगलवार नै गुरुङ र पुनलाई मन्त्री नियुक्त गरेका थिए । गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गोरखा–१ र पुन स्वतन्त्र उम्मेदवार भई म्याग्दीबाट निर्वाचित सांसद हुन् ।

गुरुङ गत चैत १३ गते गृहमन्त्री नियुक्त भएका थिए । सम्पत्तिका विषयमा आलोचना भएपछि वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, मन्त्रिपरिषद्का सदस्यलगायतको सहभागिता थियो ।

प्रकाशित मिति २०८३ जेठ २६ गते मंगलबार ०५:३०
हजुरको प्रतिक्रिया