पोखरा ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले आगामी आर्थिक वर्षमा बेरुजु फस्र्यौटको लक्ष्य ६१ प्रतिशतसम्म पु¥याउने योजना रहेको बताएका छन् ।
प्रतिनिधि सभा अन्तर्गत सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले हाल मन्त्रालयको हातमा करिव २ अर्ब ८५ करोड रुपैयाँ बराबरको बेरुजु रहेको जानकारी दिँदै यसलाई घटाउँदै जाने योजना रहेको बताए ।
उनकाअनुसार लेखा समितिको निर्देशनअनुसार आर्थिक वर्ष २०८२÷८३ र २०८३÷८४ का लागि साउनदेखि पुस महिनासम्म प्रमाण संकलन गर्ने कार्यक्रम तय गरिएको छ ।
यस अवधिमा फस्र्यौट गरी संपरीक्षणका लागि पेश गर्दा करिव १ अर्ब ७३ करोड रुपैयाँ बराबरको बेरुजु फस्र्यौट गर्ने लक्ष्य राखिएको छ । उक्त लक्ष्य पूरा गर्न सकेमा आगामी आर्थिक वर्षमा करिव ६१ प्रतिशतसम्म बेरुजु फस्र्यौट हुनेछ ।
राईले भने –अहिले हाम्रो हातमा रहेको बेरुजु करिव २ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । आगामी आर्थिक वर्षको कार्ययोजनासम्बन्धी कुरा पनि यहाँ प्रश्तुत गर्न चाहन्छु । माननीयज्युहरूले दिएको निर्देशनअनुसार आर्थिक वर्ष २०८२÷८३ र २०८३÷८४ का लागि साउनदेखि पुस महिनासम्म प्रमाण संकलन गर्ने कार्यक्रम तय गरिएको छ । यस अवधिमा फस्र्यौट गरी सम्परीक्षणका लागि पेश गर्दा करिव १ अर्ब ७३ करोड रुपैयाँ बराबरको बेरुजु फस्र्यौट गर्ने लक्ष्य राखिएको छ । सो लक्ष्य हासिल गर्न सकेमा आगामी आर्थिक वर्षमा करिब ६१ प्रतिशतसम्म बेरुजु फस्र्यौट गर्ने योजना तर्जुमा गरिएको छ । बाँकी प्रगति तथा थप विवरण समयअनुसार प्रश्तुत गरिनेछ ।’
सचिव राईले बाँकी प्रगति तथा थप विवरण समयअनुसार समितिमा प्रश्तुत गरिने जानकारी दिए ।
प्रकाशित मिति २०८३ जेठ २९ गते शुक्रबार ०४:३९




