२०८३ असोज २३ गते शुक्रबार

बजेटमा योजनाहरू स्पष्ट रूपमा आएनन्ः युवराज दुलाल

बजेटमा योजनाहरू स्पष्ट रूपमा आएनन्ः युवराज दुलाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असार २ गते मंगलबार ०४:२९

आर्थिक वर्ष २०६५÷६६ मा पुष्पकमल दाहाल नेतृत्वको सरकारले ६० प्रतिशत ठूलो आकारको बजेट ल्याएर राजश्वको दायरा र अर्थतन्त्रको आकार बढाएको उनले स्मरण गराए ।

पोखरा ।

नेपाली कम्युनिष्ट पार्टीका मुख्य सचेतक युवराज दुलालले बजेटमा योजनाहरू स्पष्ट रूपमा नआएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले असन्तुष्टि व्यक्त गरेका हुन् । बजेटमाथिको बहसमा भाग लिँदै दुलालले इतिहासलाई वस्तुपरक ढङ्गले विश्लेषण गर्नुपर्नेमा उनले जोड दिए ।

आर्थिक वर्ष २०६५÷६६ मा पुष्पकमल दाहाल नेतृत्वको सरकारले ६० प्रतिशत ठूलो आकारको बजेट ल्याएर राजश्वको दायरा र अर्थतन्त्रको आकार बढाएको उनले स्मरण गराए ।

हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, काठमाडौंका फराकिला सडक र ऊर्जा क्षेत्रमा १० हजार मेगावाटको लक्ष्यजस्ता गौरवका योजनाहरू विगतका सरकारकै दूरदृष्टि भएको उनको भनाइ थियो ।

मुख्य सचेतक दुलालले सांसदहरूले मन्त्रालयमा दर्ता गराएका योजनाहरू रातो कितावमा नसमेटिएको र सरकारले ब्लकमा बजेट राखेको भन्दै उनले आलोचना गरे ।

बजेट विनियोजनमा पारदर्शिता र जवाफदेहिताको सिद्धान्त पालना हुनुपर्नेमा उनको विशेष जोड थियो । उनले मेलम्ची–इन्द्रावती नदी एकीकृत संरक्षण आयोजना सञ्चालन गर्न र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका सडकहरू (मेलम्ची–घ्याङ, सुन्दरीजल–चिसापानी–इचोक र पाँचपोखरी–याङ्ग्री क्षेत्र) लाई बहुवर्षीय ठेक्कामा लैजान माग गरे ।

प्रकाशित मिति २०८३ असार २ गते मंगलबार ०४:२९
हजुरको प्रतिक्रिया