२०८३ असोज २३ गते शुक्रबार

सरकारले बजेट कार्यान्वयनमा सहज हुनेगरी कानूनी व्यवस्था गर्नुपर्दछः हर्कराज राई

सरकारले बजेट कार्यान्वयनमा सहज हुनेगरी कानूनी व्यवस्था गर्नुपर्दछः हर्कराज राई

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असार २ गते मंगलबार ०४:३३

अध्यक्ष राईले भने,‘हामीले बजेट बनाउँछौ । तर त्यसको कार्यान्वयनका लागि यति धेर समय लाग्छ ठेक्कापटा, वनको कानून, यताउताले गर्दा खेरी । मैले कानूनमन्त्रीलाई पनि भेटेर सल्लाह दिएको थिए–यो सरकारले बजेट कार्यान्वयनका लागि सहज बनाउनु पर्दछ । त्यसका लागि आवश्यक कानूनी चिरफार गर्नुपर्दछ । अन्यथा हामीले बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ । अनि असारमा बाटो बनाई हिँड्नुपर्दछ ।’

पोखरा ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले बजेट कार्यान्वयनका लागि कानून नै बाधक रहेको टिप्पणी गरका छन् ।

मंगलबार प्रतिनिधि सभामा विनियोजन विधेयक अन्तर्गतको विभिन्न मन्त्रालयको शीर्षकहरुमाथिको छलफलमा भाग लिँदै उनले बजेट कार्यान्वयन हुने गरी कानूनी व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिए ।

अध्यक्ष राईले सरकारले विनियोजन गरेको बजेटमा हिसावनै नमिलेको त्रुटी पनि आफूले पाएको बताए । बजेट विगतमा जस्तो कार्यान्वयन नहुने अवस्थाको सरकारले अन्त्य गर्नुपर्ने पनि उनले बताए ।

अध्यक्ष राईले भने,‘हामीले बजेट बनाउँछौ । तर त्यसको कार्यान्वयनका लागि यति धेर समय लाग्छ ठेक्कापटा, वनको कानून, यताउताले गर्दा खेरी । मैले कानूनमन्त्रीलाई पनि भेटेर सल्लाह दिएको थिए–यो सरकारले बजेट कार्यान्वयनका लागि सहज बनाउनु पर्दछ । त्यसका लागि आवश्यक कानूनी चिरफार गर्नुपर्दछ । अन्यथा हामीले बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ । अनि असारमा बाटो बनाई हिँड्नुपर्दछ ।’

अध्यक्ष राईले बजेट बनाउने तर खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्नेमा पनि जोड दिए ।

प्रकाशित मिति २०८३ असार २ गते मंगलबार ०४:३३
हजुरको प्रतिक्रिया