पोखरा ।
गृहमन्त्री सुधन गुरुङले सरकारले मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रणका लागि शुन्य सशनशीलताको नीति लिएको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा गृह मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
उनले वतृमान सरकारको मुख्य दायित्व नै भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कामय गर्नु रहेको बताए ।
उनले प्रहरीका केन्द्रीय र प्रदेशका प्रमुखलाई मातहतका कर्मचारीको निगरानी गर्न र कार्यसम्पादन मूल्यांकनका आधारमा पुरस्कार वा दण्ड दिने नीति अवलम्बन गर्न निर्देशन दिइसकेको समेत बताए ।
उनले भने, ‘सरकारले भ्रष्टाचार रोक्न शुन्य सहनशीलताको नीति लिएको छ । भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्ने यो सरकारको मुख्य दायित्व भएकाले प्रहरीका केन्द्रिय र प्रदेशका प्रमुखलाई मातहतका कर्मचारीको निगरानी गर्न र कार्यसम्पादन मूल्यांकनका आधारमा पुरस्कार वा दण्ड दिने नीतिलाई कडाइका साथ निर्देशन दिएको छु । इन्टिमेन्टेशन एण्ड फलोअप मेरो पहिलो प्राथमिकता हो । कुनै सम्झौता नहुने व्यहोरा सदनलाई निवेदन गर्न चाहन्छु ।’
उनले देशभरका प्रहरी कार्यालय तथा कारागारहरुको सुधारका लागि बजेटको व्यवस्था गरिएको समेत जानकारी गराए ।
प्रकाशित मिति २०८३ असार ४ गते बिहीबार ०६:२४




