२०८३ साउन २१ गते बिहीबार

‘नागरिकको गुनासा सुन्न ‘हेलो गृह’कल सेन्टर, राष्ट्रिय परिचयपत्रलाई सेवा प्रवाहको मुख्य आधार बनाइँदै’

‘नागरिकको गुनासा सुन्न ‘हेलो गृह’कल सेन्टर, राष्ट्रिय परिचयपत्रलाई सेवा प्रवाहको मुख्य आधार बनाइँदै’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असार ४ गते बिहीबार ०६:३८

उनले नागरिकका गुनासा २४सै घण्टा सुनुवाइ गर्न गृह मन्त्रालयमा ‘हेलो गृह’कल सेन्टर सञ्चालनमा ल्याइएको उल्लेख गर्दै उक्त प्रणालीलाई प्रविधिमैत्री बनाउँदै नागरिकले आफ्नो गुनासोको अवस्थाबारे जानकारी पाउने व्यवस्था गरिएको समेत बताए ।

पोखरा ।

गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय परिचयपत्रलाई सबै प्रकारका सार्वजनिक सेवासँग पूर्ण रूपमा आवद्ध गरी नागरिकलाई एउटै परिचयपत्रमार्फत एकीकृत सेवा प्रदान गर्ने तयारी भइरहेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा गृह मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री गुरुङले राष्ट्रिय परिचयपत्रलाई सेवा प्रवाहको मुख्य आधार बनाइने बताएका हुन् ।

उनले सरकारले लैंगिक हिंसा तथा विभिन्न कुप्रथाका कारण पीडित बनेका परिवारलाई न्याय दिलाउन महिलाकेन्द्रित संयन्त्रहरू सक्रिय बनाएको र आगामी आर्थिक वर्षको बजेटमा पनि यस विषयलाई प्राथमिकता दिइएको जानकारी गराए ।

उनले नागरिकका गुनासा २४सै घण्टा सुनुवाइ गर्न गृह मन्त्रालयमा ‘हेलो गृह’कल सेन्टर सञ्चालनमा ल्याइएको उल्लेख गर्दै उक्त प्रणालीलाई प्रविधिमैत्री बनाउँदै नागरिकले आफ्नो गुनासोको अवस्थाबारे जानकारी पाउने व्यवस्था गरिएको समेत बताए ।

उनले नेपाल प्रहरीले समेत ‘केस ट्र्याकिङ सिस्टम’ सञ्चालनमा ल्याइएको समेत जानकारी दिए । गुरुङले सरकारलाई थप जवाफदेही र नागरिकमुखी बनाउने उद्देश्यका साथ गुनासो सुनुवाइ तथा सेवा प्रवाह प्रणालीलाई प्रविधिमा आधारित बनाइएको दाबी गरे ।

उनले भने, ‘राष्ट्रिय परिचयपत्रलाई सबै प्रकारका सार्वजनिक सेवाहरुमा पूर्ण रुपमा आवद्ध गरिनेछ । यसबाट नागरिकले एउटै परिचयपत्रबाट एकीकृत सेवा प्राप्त गर्ने विश्वास लिएको छु । माननीयज्यूहरुले उठाउनुभएको समाजमा विद्यमान लैंगिक हिंसा, विभिन्न कूप्रथाका कारण पीडित भएका परिवारलाई न्याय दिन विशेषगरी महिलाकेन्द्रित संयन्त्रहरु क्रियाशील बनाइएको छ । र अगामी आर्थिक वर्षको बजेटमा समेत यस विषयमा जोड दिइएको छ । साथै नागरिकको गुनासो २४सै घण्टा सुनुवाई गर्न गृह मन्त्रालयमा मैले हेलो गृह कल सेन्टर सञ्चालन गरिसकेको र नागरिकलाई गुनसो सुनुवाईको जानकारी दिनेगरी प्रविधिमैत्री बनाई सरकारले नागरिकको गुनासो सधैं सुन्ने र सम्बोधन गर्ने विश्वास दिलाउन चाहान्छु । नेपाल प्रहरीले समेत केस ट्याक्रिङ सिस्टम बनाइसकेको र यसको प्रगति एसएमएसमार्फत सेवाग्राहीसम्म जानेगरी जवाफदेही सरकारको अवधारणामा मैले कार्यान्वयनमा ल्याएको छु ।’

उनले विपद् व्यवस्थापनको पूर्वतयारीका लागि सरकार मातहतका निकायलाई आवश्यक निर्देशन दिइसकेको समेत जानकारी दिए ।

उनले विगतमा भूकम्पबाट भत्काइएका नागरिकका संरचना पुनर्निर्माण गर्न पाँच अर्ब रुपैयाँ स्वीकृत भइसकेको समेत जानकारी दिए ।

प्रकाशित मिति २०८३ असार ४ गते बिहीबार ०६:३८
हजुरको प्रतिक्रिया