२०८३ असोज २३ गते शुक्रबार

काँग्रेस सांसद बुढाको प्रश्नः प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियार थर्काउने र हुकुम चलाउनेहरु को हुन् ?

काँग्रेस सांसद बुढाको प्रश्नः प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियार थर्काउने र हुकुम चलाउनेहरु को हुन् ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असार ५ गते शुक्रबार ११:५६

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद खडगबहादुर बुढाले प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थर्काउने र हुकुम चलाउनेहरु को हुन् ? भनि प्रश्न गरेका छन् । प्रधानमन्त्री कार्यालयमा...

काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद खडगबहादुर बुढाले प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थर्काउने र हुकुम चलाउनेहरु को हुन् ? भनि प्रश्न गरेका छन् ।

प्रधानमन्त्री कार्यालयमा बोलाएर कानून र संविधानले नचिनेका गिरोहरुहरुले मुलुकमा हुकुम चलाउने काम गरेको भन्दै सरकारसँग उनीहरु को हुन ? प्रश्न प्रश्न गरेका हुन् । शुक्रवार प्रतिनिधि सभा बैठकको सुरुमै बोल्दै सांसद बुढाले संविधान र कानूनले नचिनेकोहरुले प्रधानमन्त्री कार्यालयमा बसेर कालो चश्मा लगाएर मुलुकमाथि शासन चलाउन खोज्नेहरु नयाँ गिरोहको रुपमा रहेको उनको आरोप थियो । सांसद बुढाले सबै मन्त्रालयहरुमा मन्त्री देखाउने अनुहारहरु मात्रै भएको तर त्यहाँ चलाउने अर्कै अदृष्य शक्तिहरु रहेको जिकीर पनि गरे ।

सांसद बुढाले मन्त्रालयमा देखिएका ती अदृष्य शक्ति र व्यक्तिहरु मुलुक र लोकतन्त्रका लागि शुभसंकेत नभएको पनि बताए ।

प्रकाशित मिति २०८३ असार ५ गते शुक्रबार ११:५६
हजुरको प्रतिक्रिया