काठमाडौं ।
राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य डा. लिली थापाले अनाधिकृत मान्छेहरु गएर वीरगञ्जमा सडक विस्तारको नाममा नागरिकको घर तथा पसलमा डोजर चलाएको आरोप लगाएकी छन् ।
आईतवार शान्तिका लागि सामूहिक अभियान (कोक्याप)ले आयोजना गरेको मानवअधिकार रक्षकहरुको राष्ट्रिय सम्मेलनमा उनले गृह मन्त्रालयबाट आएको भन्दै अनाधिकृत मान्छेहरुले सडक भत्काएको बताएकी छन् । पर्याप्त समय र वैकल्पिक व्यवस्था नदिई सडक विस्तारका लागि संरचना भत्काइएको उनको भनाई छ । थापाका अनुसार सडक विस्तारका क्रममा बैंक ऋण लिएर व्यवसाय सञ्चालन गरिरहेका सर्वसाधारणलाई आफ्नो पसल तथा सामान समेत सार्न समेत नदिएको उनले बताइन् ।
उनले विकास आयोजनाका नाममा नागरिकलाई विस्थापन गर्न नहुने बताउँदै भरतपुरमा सडकको चौडाई ३० मिटरबाट ५० मिटर बनाउने प्रश्ताव गरिएको उल्लेख गर्दै उनले त्यसले थप १० हजार व्यक्ति प्रभावित हुन सक्ने बताइन् ।
प्रकाशित मिति २०८३ असार ७ गते आइतबार ०३:२८