२०८३ साउन २१ गते बिहीबार

रास्वपा संविधान, कानूनको शासन र नागरिक स्वतन्त्रताद्वारा मर्यादित उदार लोकतन्त्रको पक्षमा छः उपसभापति वाग्ले

रास्वपा संविधान, कानूनको शासन र नागरिक स्वतन्त्रताद्वारा मर्यादित उदार लोकतन्त्रको पक्षमा छः उपसभापति वाग्ले

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असार ७ गते आइतबार ०५:०९

उनले नयाँ पुस्ताले केवल प्रश्न सोध्ने र विरोध गर्ने मात्र नभई देश चलाउने वैकल्पिक राजनीतिक शक्ति बन्न सक्ने प्रमाणित गर्नुपर्ने उल्लेख गरे । उनले महाधिवेशनले रास्वपाको दीर्घकालीन राजनीतिक दृष्टि र नेपालको भविष्यबारे स्पष्ट मार्गचित्र प्रश्तुत पनि बताए ।

पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपा आन्दोलनको राजनीतिक शक्तिबाट संस्थागत दलमा रूपान्तरणको चरणमा प्रवेश गरेको बताएका छन् ।

चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले अब पार्टीले विरोध र प्रश्नमा मात्र सिमित नभई शासन सञ्चालन गर्ने क्षमता तथा परिणाम दिने सामथ्र्य प्रमाणित गर्नुपर्ने बताएका हुन् ।

उनले नयाँ पुस्ताले केवल प्रश्न सोध्ने र विरोध गर्ने मात्र नभई देश चलाउने वैकल्पिक राजनीतिक शक्ति बन्न सक्ने प्रमाणित गर्नुपर्ने उल्लेख गरे । उनले महाधिवेशनले रास्वपाको दीर्घकालीन राजनीतिक दृष्टि र नेपालको भविष्यबारे स्पष्ट मार्गचित्र प्रश्तुत पनि बताए ।

उनले रास्वपाले संविधान, कानुनको शासन र नागरिक स्वतन्त्रताद्वारा मर्यादित उदार लोकतन्त्रको पक्षमा रहेको स्पष्ट गर्दै बहुमतको शासनसँगै अल्पमतको सम्मान सुनिश्चित हुनुपर्ने धारणा राखे ।

उनले भने, ‘आजदेखि हामी आफूलाई आन्दोलनको पार्टीबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण गर्दैछौं । हामीले प्रमाणित गर्नुछ कि नयाँ पुस्ताले केवल प्रश्न सोध्न मात्र जान्दैन, उत्तर पनि दिन सक्छ । केवल विरोध गर्न मात्र जान्दैन, शासन पनि चलाउन सक्छ । केवल सपना देख्न मात्र जान्दैन, परिणाम पनि दिन सक्छ । आजको महाधिवेशनको मूल प्रश्न यही हो, रास्वपाले नेपालको भविष्य कस्तो देख्छ ? हामी यस्तो उदार लोकतन्त्र चाहन्छौँ, जहाँ निर्वाचनले सरकार बनाओस्, तर संविधान, कानूनको शासन र नागरिक स्वतन्त्रताले सत्तालाई मर्यादित राखोस् जहाँ बहुमतले शासन गरोस्, तर अल्पमत पनि सम्मानित रहोस् । हामी यस्तो प्रतिस्पर्धी अर्थतन्त्र चाहन्छौँ, जहाँ पहुँच होइन क्षमता सफलताको आधार बनोस्स जहाँ आसेपासे पुँजीवाद वा विकृत समाजवाद होइन, उद्यमशीलता र परिश्रमले समृद्धिको ढोका खोलोस् । हामी यस्तो समन्यायिक समाज चाहन्छौँ, जहाँ कुनै बालकको भविष्य उसको थर, जात, भूगोल, भाषा वा परिवारको आर्थिक अवस्थाले होइन, उसको प्रतिभाले निर्धारण गरोस् । हामी यस्तो सक्षम राज्य चाहन्छौँ, जसले नागरिकमाथि शासन नगरोस्, नागरिकको सेवा गरोस्स जसले अनावश्यक दुःख नदियोस्, तर आवश्यक पर्दा भरोसायोग्य साथ दिओस् ।’

जात, थर, भूगोल, भाषा वा आर्थिक अवस्थाका आधारमा नभई प्रतिभाका आधारमा अवसर प्राप्त हुने समन्यायिक समाज निर्माण र नागरिकमाथि शासन गर्ने नभई सेवा प्रदान गर्ने सक्षम राज्य निर्माण रास्वपाको लक्ष्य रहेको उपसभापति वाग्लेको भनाइ छ ।

प्रकाशित मिति २०८३ असार ७ गते आइतबार ०५:०९
हजुरको प्रतिक्रिया