२०८३ साउन २१ गते बिहीबार

सरकारले चालेका कदमहरु विधिसम्मत र संविधान बाहिर नहोस् भन्नेकुरामा पर्याप्त ध्यान दिइयोस् ः वर्षमान पुन

सरकारले चालेका कदमहरु विधिसम्मत र संविधान बाहिर नहोस् भन्नेकुरामा पर्याप्त ध्यान दिइयोस् ः वर्षमान पुन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असार ७ गते आइतबार ०५:२७

नेता पुनले भ्रष्टाचारका अन्त्य र सुशासनको एजेण्डामा रास्वपा र आफनो पार्टीको धारणा समान रहेको उल्लेख गर्दै उक्त विषयमा सधैं साथ दिने प्रतिवद्धता पनि व्यक्त गरे ।
उनले विगतमा आफूहरुले पनि सुशासनको एजेण्डालाई गतिलोसँग अघि बढाएको दावी पनि गरे ।

पोखरा ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले थिति बसाउन चालिएका कुनै पनि कदमहरु विधिसम्मत र संविधानभन्दा बाहिर नहोस भन्नेकुरामा पर्याप्त ध्यान दिन सरकार र रास्वपालाई आग्रह गरेका छन् ।

चितवनको भरतपुरस्थित गेष्ट हाउस चौरमा आयोजित सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

नेता पुनले भ्रष्टाचारका अन्त्य र सुशासनको एजेण्डामा रास्वपा र आफनो पार्टीको धारणा समान रहेको उल्लेख गर्दै उक्त विषयमा सधैं साथ दिने प्रतिवद्धता पनि व्यक्त गरे ।

उनले विगतमा आफूहरुले पनि सुशासनको एजेण्डालाई गतिलोसँग अघि बढाएको दावी पनि गरे ।

उनले भने, ‘सुशासनको एजेण्डामा हामीबीच समानता छ । हामीले विगतमा सरकार रहँदा र बाहिर रहँदा पनि सुशासनको एजेण्डामा सहकार्य गरेका थियौ । सुशासनको एजेण्डामा नेकपा र रास्वपाको जतिको निकट सहकार्य सायद अरुको बीचमा भएको छैन । कठिन परिस्थितिमा पनि हामीले लोकतान्त्रिक मूल्य र न्यायको पक्षमा सँगै उभिने प्रयास गरेका थियौँ । आज पनि सुशासन, पारदर्शीता र थिति बसाउने अभियानमा हाम्रो यहाँहरुलाई पूर्णसमर्थन छ । भ्रष्टाचारका अन्त्य र सुशासनको एजेण्डामा हामी सँगै थियौ, छौँ र रहनेछौँ । त्यस सन्दर्भमा एउटा सुझाव र आग्रह–थिति बसाउने चालिएको कदमहरुमा विधिसम्म र संविधान भन्दा बाहिर नहोस भन्नेकुरामा तपाईको पर्याप्त ध्यान पुग्नेछ भन्ने हाम्रो विश्वास रहेको छ ।’

नेता पुनले सुशासन, पारदर्शीता र थिति बसाउने अभियानमा रास्वपालाई पूर्ण समर्थन गर्ने पनि बताए ।

प्रकाशित मिति २०८३ असार ७ गते आइतबार ०५:२७
हजुरको प्रतिक्रिया