२०८३ साउन २१ गते बिहीबार

डिगोलाई ओटीटी लाइसेन्स, गुणस्तरीय सेवा प्रवाहकाे दावी

डिगोलाई ओटीटी लाइसेन्स, गुणस्तरीय सेवा प्रवाहकाे दावी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असार ९ गते मंगलबार ०३:३१

काठमाडौं । डिशहोम डिजिटलअन्तर्गत सञ्चालित डिगो ओटीटीले लाइसेन्स प्राप्त गरेको छ । सदस्यतामा आधारित डिजिटल स्ट्रिमिङ प्लेटफर्मका रूपमा डिगो ओटीटीले चलचित्र, वेब सिरिज, टेलिभिजन कार्यक्रम, प्रत्यक्ष प्रसारण, खेलकुद, वृत्तचित्र,...

काठमाडौं ।
डिशहोम डिजिटलअन्तर्गत सञ्चालित डिगो ओटीटीले लाइसेन्स प्राप्त गरेको छ ।
सदस्यतामा आधारित डिजिटल स्ट्रिमिङ प्लेटफर्मका रूपमा डिगो ओटीटीले चलचित्र, वेब सिरिज, टेलिभिजन कार्यक्रम, प्रत्यक्ष प्रसारण, खेलकुद, वृत्तचित्र, बाल डिजिटल मनोरञ्जनात्मक सामग्री पस्किने गरेको छ ।

डिशहोम डिजिटलसँग रहेको आधिकारिक विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकारले अन्तर्राष्ट्रिय मापदण्डअनुरूप आधिकारिक डिजिटल सामग्री वितरण गर्ने कम्पनीको क्षमता रहेको जनाएको छ । यसले नेपाली ओटीटी प्लेटफर्मलाई विश्वव्यापी डिजिटल मनोरञ्जन बजारसँग जोड्ने दिशामा महत्त्वपूर्ण आधार समेत तयार गरेको छ ।

यसै क्रममा, डिशहोम डिजिटलले नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागबाट प्रचलित राष्ट्रिय प्रसारण नियमावलीबमोजिम ओटीटी प्रसारण सेवासम्बन्धी आवश्यक प्रसारण इजाजतसमेत प्राप्त गरेको छ । उक्त इजाजतले कम्पनीले नेपालको प्रचलित कानुनी तथा नियामकीय व्यवस्थाअनुरूप आधिकारिक रूपमा ओटीटी सेवा सञ्चालन गरिरहेको तथ्यलाई थप सुदृढ बनाएको छ । आधिकारिक विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकारसहित सञ्चालन हुनु नेपाली डिजिटल मनोरञ्जन उद्योगका लागि महत्त्वपूर्ण उपलब्धि हो ।

यसले डिशहोम डिजिटललाई अन्तर्राष्ट्रिय डिजिटल सामग्री वितरण क्षेत्रमा सक्षम तथा विश्वसनीय संस्थाका रूपमा स्थापित गर्नुका गरेको छ । साथै, डिगो ओटीटीलाई चलचित्र, सिरिज, प्रत्यक्ष प्रसारण, खेलकुद तथा अन्य विविध मनोरञ्जन सामग्री उपलब्ध गराउने अग्रणी नेपाली ओटीटी प्लेटफर्मका रूपमा स्थापित गर्दै लैजाने जनाएको छ ।

प्रकाशित मिति २०८३ असार ९ गते मंगलबार ०३:३१
हजुरको प्रतिक्रिया