२०८३ कात्तिक १० गते सोमबार

तालबाराही मन्दिरमा कोजाग्रत पूर्णिमा मेला

तालबाराही मन्दिरमा कोजाग्रत पूर्णिमा मेला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ कात्तिक ९ गते आइतबार ०४:३०

कोजाग्रत पूर्णिमाका दिन तालबाराही भगवतीको दर्शन तथा पूजाआजा गर्न र दशैँमा प्रयोग गरिएको जमरा फेवातालमा विसर्जन गर्न भक्तजनहरू मन्दिर पुग्ने गर्छन् । यस दिन मन्दिरमा पूजा गर्ने, महादीप बाल्ने तथा रातभर जाग्राम बस्ने धार्मिक परम्परासमेत छ ।

पोखरा ।

पोखराको फेवातालको बीचमा रहेको प्रसिद्ध तालबाराही मन्दिरमा कोजाग्रत पूर्णिमाको अवसरमा मेला लागेको छ ।

करिब तीन वर्षको पुनर्निर्माणपछि मन्दिर सञ्चालनमा आएसँगै यस वर्षको मेला थप विशेष बनेको छ ।

कोजाग्रत पूर्णिमाका दिन तालबाराही भगवतीको दर्शन तथा पूजाआजा गर्न र दशैँमा प्रयोग गरिएको जमरा फेवातालमा विसर्जन गर्न भक्तजनहरू मन्दिर पुग्ने गर्छन् । यस दिन मन्दिरमा पूजा गर्ने, महादीप बाल्ने तथा रातभर जाग्राम बस्ने धार्मिक परम्परासमेत छ ।

२०७२ सालको भूकम्पका कारण मन्दिर ढल्किएपछि जोखिम न्यूनीकरण गर्न २०८० कात्तिकदेखि पुनर्निर्माण सुरु गरिएको थियो ।

पुरानो मौलिक स्वरूप र परम्परागत प्यागोडा शैलीलाई कायम राखेर मन्दिर पुनर्निर्माण गरिएको हो । पुनर्निर्माण सम्पन्न भएपछि यस वर्षको घटस्थापनादेखि भक्तजनले मूल मन्दिरमै पुगेर पूजाआजा तथा दर्शन गर्न पाएका छन् ।

तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिका उपाध्यक्ष एवं मन्दिरका पुजारी महेश्वर पहारीले झण्डै २० हजार दशानार्थीले मन्दिरको दर्शन गरेको बताए ।

फेवातालको बीचमा अवस्थित तालबाराही मन्दिर धार्मिक आस्थाको केन्द्र हुनुका साथै पोखराको प्रमुख पर्यटकीय गन्तव्यसमेत हो ।

मन्दिरको दर्शनसँगै फेवातालको प्राकृतिक सौन्दर्य अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटकसमेत यहाँ पुग्ने गर्छन् ।

प्रकाशित मिति २०८३ कात्तिक ९ गते आइतबार ०४:३०
हजुरको प्रतिक्रिया