२०८३ असोज २३ गते शुक्रबार

रवि लामिछानेको सम्बोधनसँगै सुरु भयो रास्वपाको बन्दसत्र

रवि लामिछानेको सम्बोधनसँगै सुरु भयो रास्वपाको बन्दसत्र

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असार ९ गते मंगलबार ०४:०८

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी प्रथम महाधिवेशन अन्तर्गत बन्दसत्र औपचारिक रूपमा सुरु भएको छ। सभापति रवि लामिछाने सभाहलमा प्रवेश गरेसँगै बन्दसत्रको कार्यवाही अघि बढाइएको हो।बन्दसत्रको प्रारम्भिक सम्बोधन...

‘यसलाई भोट दिनु उसलाई नदिनु भन्ने व्यक्ति रास्वपा होइन ।’

चितवन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी प्रथम महाधिवेशन अन्तर्गत बन्दसत्र औपचारिक रूपमा सुरु भएको छ।

सभापति रवि लामिछाने सभाहलमा प्रवेश गरेसँगै बन्दसत्रको कार्यवाही अघि बढाइएको हो।बन्दसत्रको प्रारम्भिक सम्बोधन अहिले सभापति लामिछानेले गरिरहेका छन्। महाधिवेशनको मुख्य निर्णय प्रक्रियाको रूपमा हेरिएको बन्दसत्रमा पार्टीको राजनीतिक दिशा, सांगठानिक संरचना तथा आगामी कार्ययोजनामाथि छलफल हुने जनाइएको छ।

यसअघि हिजो बिहानदेखि बन्दसत्र सुरु गर्ने तयारी गरिए पनि महाधिवेशन प्रतिनिधिको संख्यासम्बन्धी निर्णयमा सहमति जुट्न नसक्दा कार्यक्रम प्रभावित भएको थियो।

आजको कार्यसूचीअनुसार सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने महामन्त्री कवीन्द्र बुर्लाकोटीले सांगठानिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी उपसभापति स्वर्णिम वाग्लेले अर्थ-राजनीतिक प्रस्ताव प्रस्तुत गर्नेछन्।

बन्दसत्रमा पार्टीको अनुशासन आयोगको प्रतिवेदन र वित्तीय प्रतिवेदनसमेत पेश गरिने जनाइएको छ। पार्टी नेतृत्व चयनको प्रक्रियासमेत महाधिवेशनको केन्द्रमा रहेकाले बन्दसत्र सम्पन्न भएपछि निर्वाचन प्रक्रिया अघि बढाइने तयारी गरिएको छ।

प्रकाशित मिति २०८३ असार ९ गते मंगलबार ०४:०८
हजुरको प्रतिक्रिया