२०८३ साउन २१ गते बिहीबार

सरकारले मुलुकको स्वतन्त्रतामाथि नै असर पार्ने खालको गतिविधि गरिरहेको छः महन्थ ठाकुर

सरकारले मुलुकको स्वतन्त्रतामाथि नै असर पार्ने खालको गतिविधि गरिरहेको छः महन्थ ठाकुर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असार ९ गते मंगलबार ०४:४०

उनले सरकारले नेपाली जनताको नभई अन्य मुलुकको हित हुनेगरी काम गरिरहेको पनि बताए । सरकारको प्राथमिकतामा देश र जनता नरहेको सांसद ठाकुरको बुझाई थियो ।

पोखरा ।

जनता समाजवादी पार्टी, नेपालका सांसद महन्थ ठाकुरले वर्तमान सरकारले मुलुकको स्वतन्त्रतामाथि नै असर पार्ने खालको गतिविधि गरिरहेको आरोप लगाएका छन् ।

मंगलबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

सरकारले वाह्य मुलुकको हित हुने खालको काम गरिरहेकाले उनीहरु खुशी भएको पनि सांसद ठाकुरको जिकिर थियो ।

उनले सरकारले नेपाली जनताको नभई अन्य मुलुकको हित हुनेगरी काम गरिरहेको पनि बताए । सरकारको प्राथमिकतामा देश र जनता नरहेको सांसद ठाकुरको बुझाई थियो ।

उनले भने, ‘जुन राज्य छ । यो ननफङसनिङ हो । जनताको हातमा त केही छैन । सबै सकियो । हाम्रो स्वतन्तत्रतामाथि नै असर परिरहेको छ । किनकी बाहिरका मानिसहरुले सबै चिज कब्जा गरिहाले । र उनीहरुको चित्त बुझाउने गरी सारा काम भइरहेको छ । हामी त त्यसमा कहीँ पनि पर्दै पर्दैनौ । हामी यो देशका नागरिक हौ । हाम्रो चित्त बुझाउने किसिमको हाम्रो भलाई हुने किसिमको काम हाम्रो सरकार भएन हुने हो । यो त हाम्रो सरकार नै छैन । यो बाहिरवालाको सरकार हो । बाहिरवालाले त यो सरकारलाई बाहवाही दिइरहेको नै छ नि ।’

सांसद ठाकुरले सरकारको कारण मुलुक बाह्य मुलुकहरुको कब्जामा गएको पनि बताए ।

प्रकाशित मिति २०८३ असार ९ गते मंगलबार ०४:४०
हजुरको प्रतिक्रिया