२०८३ साउन २१ गते बिहीबार

सरकारले कुनैपनि व्यवसाय सञ्चालन गर्दा मानव अधिकार हनन हुन नदिन कडा निगरानी राख्नुपर्दछः तपबहादुर मगर

सरकारले कुनैपनि व्यवसाय सञ्चालन गर्दा मानव अधिकार हनन हुन नदिन कडा निगरानी राख्नुपर्दछः तपबहादुर मगर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असार १० गते बुधबार ०४:४४

अध्यक्ष मगरले व्यवसाय सञ्चालन गर्दा कुनै पनि किसिमबाट मानव अधिकार हनन भएको भए त्यसको निगरानी राख्ने काम गर्न पनि सरकारलाईं सचेत गराए ।  उनले मानव अधिकारको सम्मान गरेर अघि बढ्ने काममा केन्द्रित हुन व्यवसायीहरुलाई पनि निर्देश गरे ।

पोखरा ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारको संरक्षण र प्रवद्र्धन गर्ने काम सरकारको भएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित व्यवसाय र मानव अधिकारसम्बन्धि राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

अध्यक्ष मगरले व्यवसाय सञ्चालन गर्दा कुनै पनि किसिमबाट मानव अधिकार हनन भएको भए त्यसको निगरानी राख्ने काम गर्न पनि सरकारलाईं सचेत गराए ।  उनले मानव अधिकारको सम्मान गरेर अघि बढ्ने काममा केन्द्रित हुन व्यवसायीहरुलाई पनि निर्देश गरे ।

अध्यक्ष मगरले आयोगको मानव अधिकारको उल्लंघन गरेमा दोषीलाई कारबाही गर्नका लागि सरकारलाई आवश्यक निर्देशन दिने पनि गरिरहेको बताए ।

उनले भने, ‘मानव अधिकारको संरक्षण, सम्वद्र्धन गर्ने काम सरकारको हो । सरकारले यसको व्यवस्था गर्नुपर्दछ । व्यवसाय सञ्चालन गर्दाखेरी कुनै किसिमबाट मानव अधिकार हनन हुन गएको छ भने त्यसको सरकारले निगरानी राख्नुपर्दछ । त्यसै गरेर व्यवसाय गर्ने विजनेसम्यानहरुले पनि आफनो विजनेस सञ्चालन गर्दा मानव अधिकारको हनन हुन दिनु हुँदैन । त्यसको सम्मान गरेर कसरी अघि बढ्न सकिन्छ भन्ने कुरालाई ध्यानमा राखेर व्यवसायीहरुले अघि बढ्नुपर्ने हुन्छ । त्यसो भएन भने कसरी मानव अधिकार हनन भयो ? भन्नेकुराहरु आउँछ । त्यसमा आयोगले हेर्नुपर्ने हुन्छ ।’

अध्यक्ष मगरले सरकारले कुनैपनि व्यवसाय सञ्चालन गर्न उपभोक्ताको मानव अधिकार हनन हुन दिन नहुने पनि बताए ।

प्रकाशित मिति २०८३ असार १० गते बुधबार ०४:४४
हजुरको प्रतिक्रिया