२०८३ साउन २१ गते बिहीबार

रास्वपा महाधिवेशनलक्षित काँग्रेस सांसद परियारको टिप्पणी–काठमाडौंमा सरकार छैन, देशको राजधानी चितवन सरेको अनुभुति भयो

रास्वपा महाधिवेशनलक्षित काँग्रेस सांसद परियारको टिप्पणी–काठमाडौंमा सरकार छैन, देशको राजधानी चितवन सरेको अनुभुति भयो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असार १२ गते शुक्रबार ०५:०४

यही असार ७ गतेदेखि सत्तत्रारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन चितवनमा जारी छ । उनले रास्वपा महाधिवेशनको कारण संघीय संसद र सरकारका काम कारबाही समेत प्रभावित हुन पुगेको बताए ।

पोखरा ।

नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले एक सातायता काठमाडौंमा सरकारको उपस्थिति नदेखिएको भन्दे आपत्ति जनाएका छन् ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो आपत्ति जनाएका हुन् । उनले देशको राजधानी काठमाडौंबाट चितवन सरेजस्तो अनुभुति भएको टिप्पणी पनि गरे ।

यही असार ७ गतेदेखि सत्तत्रारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन चितवनमा जारी छ । उनले रास्वपा महाधिवेशनको कारण संघीय संसद र सरकारका काम कारबाही समेत प्रभावित हुन पुगेको बताए ।

उनले सरकार चितवनतर्फका कार्यक्रममा व्यस्त रहँदा आफू भने अधिकारबाट वञ्चित र अन्यायमा परेको गुनासो गर्दै आन्दोलनरत नागरिकलाई भेट्न माईतीघर पुगेको बताएका हुन् ।

उनले कक्षा १२ को नतिजा प्रकाशनपछि अन्याय भएको भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थीप्रति सरकार संवेदनशील नभएको आरोप पनि लगाए ।

उनले भने, ‘सम्माननीय अध्यक्षज्यू अघिल्लो एकहप्तादेखि काठमाडौं यस्तो लाग्न थाल्यो कि काठमाडौंमा सरकार छैन । काठमाडौं देशको राजधानी हो । तर देशको राजधानी काठमाडौंबाट सरेर चितवन गएको जस्तो देखियो । सरकारका कोही पनि प्रतिनिधि काठमाडौंमा नभेटएिको र त्यसको प्रत्यक्ष प्रभाव संसददेखि लिएर सरकारका अन्य कयौँ कामकारबाहीहरुमा परेको देखियो । सरकार चितवनतिर आफ्नो काम कारबाहीमा व्यस्त रहँदा म भने सरकारका कामकारबाहीमा चित्त नबुझाएर, आफ्नो अधिकार नपाएर अन्यायमा परेका केही नागरिकलाई भेट्न माइतिघर पुगेको थिएँ । सम्माननीय अध्यक्ष महोदय माइतिघरमा कक्षा १२ को नतिजा प्रकाशनका बखत अन्यायमा परेका विद्यार्थी आन्दोलनमा बसेका छन् । मलाई अचम्म लागेको छ, यो सरकारका मन्त्रीहरु जेनजी मूभमेन्ट हुँदा आन्दोलनको कुन फ्रन्टमा थिएँ ।’

अन्यायमा परेका विद्यार्थीसँगै आन्दोलनरत सबै नागरिकका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण समेत गराए ।

प्रकाशित मिति २०८३ असार १२ गते शुक्रबार ०५:०४
हजुरको प्रतिक्रिया