२०८३ साउन २१ गते बिहीबार

स्वास्थ्य

शारीरिक र मानसिक आलस्यताः शरिरको विष

शारीरिक र मानसिक आलस्यताः  शरिरको विष

सन्ध्या भट्टराई

@Public 4K Tv

२०७७ असोज ७ गते बुधबार ०१:४७

लकडाउनका कारण मानिसको जीवनमा निकै परिवर्तन आएको छ । काेराेना संक्रमण राेक्न भाैतिक दुरी कायम गर्नुपर्ने बाध्यताका कारण मान्छेमा आफ्नो शारीरिक र मानसिक स्वस्थ्यप्रति लगाव घटिरहेको छ । परिणामतः यही शारीरिक र मानसिक आलस्यता नै...

लकडाउनका कारण मानिसको जीवनमा निकै परिवर्तन आएको छ । काेराेना संक्रमण राेक्न भाैतिक दुरी कायम गर्नुपर्ने बाध्यताका कारण मान्छेमा आफ्नो शारीरिक र मानसिक स्वस्थ्यप्रति लगाव घटिरहेको छ । परिणामतः यही शारीरिक र मानसिक आलस्यता नै शरिरको लागि विष सावित हुनेमा कुनै दुइ मत छैन ।
शरिरमा स्फूर्ति ल्याउनका लागि बिहान वा साँझमा गरिने विभिन्न एराेविक कसरतहरू जस्तै जगिङ्ग, पाैडी, साइक्लिङ्ग इत्यादीले मानिसलाई निरोगी बनाउन विशेष भूमिका खेलिरहेकाे हुन्छ । तर हाल काेराेनाकाे संक्रमण तिब्र गतिमा समुदायस्तरमा नै फैलिएसँगै यस्ता कसरतहरूकाे सम्भावना न्यून बन्नु स्वाभाविक नै मान्न सकिन्छ ।

लकडाउनले घरमा नै थुनिन बाध्य कतिपय मानिसहरूलाई घरमा नै गरिने विभिन्न शारीरिक श्रमका कामहरूले नै कसरत पुग्छ भन्ने पनि भ्रम हुन्छ । तर वास्तवमा घरमा गरिने काममा शारीरिक श्रमकाे त खर्च हुन्छ तर शरीरका मांसपेशीहरूले संरचनागत खालकाे गति पाउन सकिरहेकाे हुँदैन । यसरी घरभित्रै रहेकाे अवस्थामा गरिने कामले शरिरकाे मांसपेशीहरू तन्काउने वा बलियाे बनाउने खालकाे कसरतका फाइदाहरू लिन सकिँदैन ।
त्यसका लागि घरमै बसेर कसरत गर्न सकिने उपायहरू पनि छन् । घरकाे सिँढी चढ्ने र तल झर्ने, मार्चपास गर्ने, एउटै ठाउँमा उठबस गर्ने, जगिङ्ग गर्ने, एउटा आसनमा बसेर पालै पालो हरेक मांसपेशीहरू तान्ने जस्ता कसरतहरू घर भित्रै गर्न सकिन्छ । युवाहरुले घरकै सामान जस्तै डिब्बा भित्र बालुवा, ढुङा राखेर बाइसेप लोड गर्न गर्गर, पुसअप स्क्वट गर्न पनि सक्छन् । यो सबै कसरत गर्दा अरु रोगको न्यूनिकरण हुनुका साथै राेग प्रतिराेधात्मक क्षमता बढाउन, निद्रा लागाउन, शरिरमा स्फूर्ति ल्याउन साथै शरिरकाे मोटोपना घटाउन समेत सहयाेगी काम गर्दछ|
काेराेना संक्रमणका कारण हाल घरबाट नै अनलाइन कक्षामा अध्ययन गर्ने क्रममा धेरै विद्यार्थीहरूले ल्यापटप तथा माेवाइल चलाउने र त्यसमा नै गेम खेल्ने गर्दा धेरै जनाको घाँटी, हात, शरिर दुख्ने समस्या देखिने र यसले पछिसम्म ठुलो रुप लिन पनि सक्छ | त्यसैले यस्ता समस्याहरूबाट मुक्ती पाउनका लागि ढाडलाई सिधा गरेर ठिक आशनमा बस्ने, ल्यापटप र आँखा समानान्तर या १० सेमी तलसम्म टाउको नझुकाइ हेर्ने, कुनै पनि आशनमा बस्दा हरेक मांशपेशीलाई आड दिएर बसेमा आजै यस्ता समस्याहरू निर्मुल पार्न सकिन्छ ।
मानिसले शरीरिक स्वास्थकाे ख्याल गर्दागर्दै मानसिक स्वास्थ नकारेर धेरै मान्छे मानसिक रोगको शिकार भएर मानसिकक तनाव तथा आत्महत्याकाे समेत शिकार भएको कुरा हामीले देख्दै नै आइरहेका छाैं ।
त्यसैले मानसिक रोगलाई समेत ख्याल गर्दै धेरै संस्थाहरूले तथा गुरूहरूकाे भर्चुअल माध्यमबाट योग, ध्यान, प्राणायमकाे प्रशिक्षण दिइरहेका माैकामा घरमै बसीबसी यसकाे पनि लाभ लिन सकिन्छ ।
त्यस्तै मानसिक स्वस्थ्यकाे ख्याल गर्दै भर्चुअल माध्यमबाट साथीहरूसँग कुरा गर्ने, परिवारसँग बसेर मनको कुरा खोल्ने या आफ्नो आत्मिय डायरीमा मनको कुरा लेख्ने गरेर पनि यो रोगबाट छुटकारा पाउन साकिन्छ ।
संसारिक चपेटामा पर्दा लकडाउनले आफुलाई चिन्ने समय दिँदा मान्छेले यसलाई बोझको रुपमा लिएर अझ आफुभन्दा पनि आफ्नो भावना ठुलो लिएर झन् रोगग्रस्त भएकाे अवस्था छ । यो खालि समयमा आफ्नो तागत चिनेर त्यसलाई अझ तिखार्नु पर्छ ।
मानिसहरू थोरै दुःख आइलागे पनि त्यसलाई डिप्रेशनको नाम दिएर यो रोगलाई अझै ठुलो गराएका छन् । त्यसैले डिप्रेसन र चिन्ता भनेको बुझ्न जरुरी छ । चिन्ता हरेक मान्छेको जीवनमा हुन्छ चाहे त्यो परिवारको होस, घरमा बिजुली जाँदा होस, चाहेको समयमा काम नभएर होस् या कुनै पनि कारणले होस् । थोरै चिन्ता मान्छेको लागि लाभदायक पनि छ किनकी यसले जीवनमा अझै अगाडि बढन प्रोत्साहन दिन्छ । तर डिप्रेसन भनेको मानसिक हालत हो जसमा मान्छेले दैनिक क्रियाकलाप गर्न गाह्राे हुन्छ । स्ट्रेसमा कुनै न कुनै कारण हुन्छ, जस्तै सम्बन्ध विच्छेद, ब्रेकअप, झगडा, रोग तर डिप्रेसन कुनै कारणवश या बीना कारण पनि हुन सक्दछ ।
यो सबै हटाउनका हामीले कसरत गर्नु नै सर्वाेत्तम विकल्पका रूपमा लिन सकिन्छ । जस्ले गर्दा एड्राेफिन हार्मोन यानकि फिल गुड केमिकल रीलिज गरेर निद्रा लाग्ने, चिन्ता कम गर्ने गर्दछ । अरुलाई सेवा गर्ने गर्दा पनि मनभित्र सन्तुष्टि मिल्छ । फोक्सोको लागि स्वास प्रश्वास कसरत गर्दा पनि दिमागमा अक्सिजन पुगेर शरिरलाई शान्त बनाउँछ । यो सबै कुरा गर्दा गर्दै ठिक नभएमा या अफुलाइ के भै रहेको छ थाहा पाउन मन लागेमा भने चिकित्सकहरूसँग परामर्श लिनुपर्दछ ।
यसरी नै समयमा आफ्नो शरिरको बनावट चिनेर यो सबै कुराको ख्याल गरे पक्कै पनि रोगमुक्त समाज र देश बन्न धेरै समय लाग्दैन ।

प्रकाशित मिति २०७७ असोज ७ गते बुधबार ०१:४७
हजुरको प्रतिक्रिया