२०८३ साउन २१ गते बिहीबार

सत्तारुढ रास्वपाले बालबालिकाहरुलाई पार्टी सदस्य बनाएकोमा राष्ट्रिय सभा सांसदहरुको आपत्ति

सत्तारुढ रास्वपाले बालबालिकाहरुलाई पार्टी सदस्य बनाएकोमा राष्ट्रिय सभा सांसदहरुको आपत्ति

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असार १५ गते सोमबार ०१:१९

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालबालिकाहरुलाई पार्टी सदस्यता दिएर संविधान, कानूनको उल्लंघन गरेको भन्दै आपत्ति जनाएका छन् । सोमवार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै...

काठमाडौं ।

राष्ट्रिय सभाका सांसदहरुले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालबालिकाहरुलाई पार्टी सदस्यता दिएर संविधान, कानूनको उल्लंघन गरेको भन्दै आपत्ति जनाएका छन् ।

सोमवार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरु चन्द्रबहादुर केसी, जगत तिमिल्सिनाले संविधान, कानून र अन्तराष्ट्रिय कानूनको समेत उलंघन गर्दै उक्त पार्टीले ३५ हजार भन्दा बढी बालबालिकाहरुलाई पार्टीको सदस्यता बनाउने कार्य गरेको भन्दै आपत्ति जनाएका हुन् ।

सांसद चन्द्रबहादुर केसीले विद्यार्थी युनियनहरु खारेज गर्ने सत्तारुढ रास्वपाले आफनो पार्टीमा भने बालबालिकालाई पार्टी सदस्यता दिने काम विरोधभाषपूर्ण भएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

सांसद जगत तिमिल्सिना संविधान र कानून विपरित बालबालिकाको मानव अधिकार समेत हनन् हुनेगरी सत्तारुढ रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै त्यसतर्फ ध्यानाकर्षण गर्न राष्ट्रिय मानव अधिकार आयोगसँग आग्रह समेत गरे । उनले नेपालको संविधान, कानूनले समेत निषेध गरेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई छुट हुन नहुने पनि बताए ।

सांसद तिमिल्सिनाले सत्तारुढ रास्वपालाई संविधान विपरितका गतिविधि गर्दा पनि सरकारले खासै चासो नदिएको जिकिर पनि गरे ।

प्रकाशित मिति २०८३ असार १५ गते सोमबार ०१:१९
हजुरको प्रतिक्रिया