काठमाडौं ।
विपक्ष नेपाली कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय सभाकी सांसद जयन्तिदेवी राईले सरकारले सुकुम्बासीहरुको तत्कालीन समस्या पनि सम्बोधन गर्न नसक्ने दाबी गरेकी छन् ।
बिहीवार राष्ट्रिय सभा बैठकमा विभिन्न मन्त्रालयहरुको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिने क्रममा उनले सरकारले विनियोजन गरेको बजेटले सुकुम्बासीहरुको तत्कालको समस्या पनि समाधान गर्न नसक्ने देखिएको स्पष्ट पारिन । सांसद राईले शिक्षा क्षेत्रमा समेत सरकारले गत वर्षको भन्दा पनि बजेट घटाएको भन्दै असन्तुष्टि व्यक्त गरिन् । उनले सरकारले विनियोजन गरेको आगामी आर्थिक वर्षको बजेटले शिक्षा नीतिलाई सम्बोधन गर्नसक्ने अवस्था नरहेको जिकिर पनि गरिन् ।
सांसद राईले वर्तमान सरकार विनाश गरेर आएको आरोप लगाउँदै उसले जनताको हाँसो र खुशीमा भन्दा पनि आँशुमा रमाउने गरेको बताइन् ।
प्रकाशित मिति २०८३ असार १८ गते बिहीबार ०६:३६