२०८३ असोज २३ गते शुक्रबार

प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा क्षेत्रका नागरिक मानसिक त्रास खेप्न बाध्य: गच्छदार

प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा क्षेत्रका नागरिक मानसिक त्रास खेप्न बाध्य: गच्छदार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असार २४ गते बुधबार ११:५०

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद प्रमिलाकुमारी गच्छदार प्रधानमन्त्री बालेन्द्र साहको राष्ट्रघाती अभिव्यक्तिका कारण सुस्ता र ठोरी लगायतका नेपाली नागरिकले सीमापारीको चर्को दवाव र मानसिक त्रास खेप्न बाध्य...

काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद प्रमिलाकुमारी गच्छदार प्रधानमन्त्री बालेन्द्र साहको राष्ट्रघाती अभिव्यक्तिका कारण सुस्ता र ठोरी लगायतका नेपाली नागरिकले सीमापारीको चर्को दवाव र मानसिक त्रास खेप्न बाध्य भएको आरोप लगाएकी छन् । .

बुधवार प्रतिनिधि सभा बैठकको सुरुमै बोल्दै उनले नेपालले पनि भारतको सीमा मिचेको छ भनि प्रधानमन्त्री साहले अभिव्यक्ति दिएपछि सीमा क्षेत्रमा रहेका नेपालीहरुले भारतीय पक्षको चर्को दबाब र मानसिक त्रास खेप्न बाध्य हुनु परेको बताएकी हुन् । सांसद गच्छदारले संसदलाई बेवास्ता गर्ने प्रधानमन्त्रीलाई संसदमा आएर उक्त अभिव्यक्तिबारे स्पष्टिकरण दिनका लागि रुलिङ गर्न सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण समेत गराइन् । उनले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई समेत सरकारले पीडा दिएको भन्दै आक्रोश समेत व्यक्त गरिन् ।

सांसद गच्छदारले वर्तमान सरकारले गरिबलाई पीडा दिएकाले पनि जनताको सरकार भन्न नमिल्ने पनि जिकिर पनि गरिन् ।

प्रकाशित मिति २०८३ असार २४ गते बुधबार ११:५०
हजुरको प्रतिक्रिया