२०८३ साउन २१ गते बिहीबार

महिला चालकलाई पर्यटन आतिथ्यता तालिम

महिला चालकलाई पर्यटन आतिथ्यता तालिम

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असार २६ गते शुक्रबार ११:५०

काठमाडौं । नेपालको पर्यटन क्षेत्रलाई लैङ्गिक र सामाजिक रूपमा समावेशी बनाउने उद्देश्यका साथ महिला तथा सीमान्तकृत समुदायका लागि क्षमता अभिवृद्धिसहतिको स्वरोजगार बनाउने अभियान शुरु गरिएको छ । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसंघीय...

काठमाडौं ।

नेपालको पर्यटन क्षेत्रलाई लैङ्गिक र सामाजिक रूपमा समावेशी बनाउने उद्देश्यका साथ महिला तथा सीमान्तकृत समुदायका लागि क्षमता अभिवृद्धिसहतिको स्वरोजगार बनाउने अभियान शुरु गरिएको छ ।

नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीको सहयोगमा दिगो पर्यटन परियोजना मार्फत महिलाहरूलाई रोजगारीको ग्यारेन्टीसहित सवारी चालक र पर्यटन आतिथ्यता तालिम दिन शुरु गरेको हो । यसअघि बहिराहरुलाई बारिष्ठा, टुरिष्ट गाईड महिलालाइ ¥याफ्टिङ लगायत तालिम सञ्चालन गर्दे पर्यटन व्यवसायलाई समावेशी बनाउने प्रयासमा लागेको बोर्डले अहिले पर्यटन सवारी चालक महिलाका लागि आतिथ्य सत्कार तालिम दिएको हो । युएनडीपीकी पोर्टफोलियो म्यानेजर कल्पना सरकारले तालिममा सहभागी महिलाको रोजगारी सुनिश्चित गरिएकाले तालिमले महिलाको आर्थिक अवस्था सुधार गर्न पनि सहयोग पुराउने विश्वास व्यक्त गरे ।

परियोजनाले तालिममा सहभागी ३८ जना महिलाको रोजगारी सुनिश्चित गरेको छ । मुलुकभरबाट छानिएका ३८ जना महिलाले अहिले हलुका सवारी चालक सहित पर्यटन आतिथ्यता लगायत पर्यटन क्षेत्रमा आवश्यक पर्ने शीपको तालिम लिईरहेका छन् ।

प्रकाशित मिति २०८३ असार २६ गते शुक्रबार ११:५०
हजुरको प्रतिक्रिया