२०८३ असोज २३ गते शुक्रबार

राष्ट्रपति पौडेलद्वारा तीन वटा विधेयक प्रमाणिकरण

राष्ट्रपति पौडेलद्वारा तीन वटा विधेयक प्रमाणिकरण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असार २६ गते शुक्रबार ०५:२१

शुक्रबार राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक २०८३, सम्पती शुद्धिकरण (मनि लाउन्ड्रिङ) निवारण (तेस्रो संशोधन) विधेयक २०८३ र सहकारी (पहिलो संशोधन) विधेयक २०८३ प्रमाणिकरण गरेको जानकारी सांसदहरुलाई गराएका हुन् ।

पोखरा ।

राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटा विधेयक प्रमाणिकरण गर्नुभएको छ ।

शुक्रबार राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक २०८३, सम्पती शुद्धिकरण (मनि लाउन्ड्रिङ) निवारण (तेस्रो संशोधन) विधेयक २०८३ र सहकारी (पहिलो संशोधन) विधेयक २०८३ प्रमाणिकरण गरेको जानकारी सांसदहरुलाई गराएका हुन् ।

सभामुख अर्यालले भन्नुभयो,‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूद्वारा नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक २०८३ । प्रमाणीकरण मितिः २०८३÷३÷२५ । सम्पत्ति शुद्धिकरण (मनि लाउन्ड्रिङ) निवारण (तेस्रो संशोधन) विधेयक २०८३ । प्रमाणिकरण मितिः २०८३÷३÷२५ । सहकारी (पहिलो संशोधन) विधेयक २०८३ । प्रमाणीकरण मितिः २०८३÷३÷२५ । स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८३ । प्रमाणीकरण मितिः २०८३÷३÷२५ । प्रमाणिक गर्नुभएको पत्र राष्ट्रपति कार्यालयबाट आएको छ ।’

उक्त सबै विधेयकहरु राष्ट्रपति पौडेलले यही असार २५ गते बिहीवार प्रमाणिकरण गर्नुभएको पनि राष्ट्रपति कार्यालयको पत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति २०८३ असार २६ गते शुक्रबार ०५:२१
हजुरको प्रतिक्रिया