२०८३ साउन २१ गते बिहीबार

गरिबलाई नजिस्का सरकार भन्दै माईतीघरमा प्रदर्शन

गरिबलाई नजिस्का सरकार भन्दै माईतीघरमा प्रदर्शन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असार २८ गते आइतबार ०३:२९

काठमाडौं । सरकारले सुकुम्बासीमाथि दमन गरेको भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । होल्डिङ सेन्टरमा पीडा सहन नसकेपछि विरोधमा उत्रिएका सुकुम्बासीहरुमाथि सरकारले बर्बर दमन गर्दै नियन्त्रणमा लिएपछि त्यसको विरोधमा आईतवार काठमाडौंको...

काठमाडौं ।

सरकारले सुकुम्बासीमाथि दमन गरेको भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।

होल्डिङ सेन्टरमा पीडा सहन नसकेपछि विरोधमा उत्रिएका सुकुम्बासीहरुमाथि सरकारले बर्बर दमन गर्दै नियन्त्रणमा लिएपछि त्यसको विरोधमा आईतवार काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरिएको हो । सरकारले गरिब सुकुम्बासीहरुमाथि समेत बर्बर दमन गरेपछि त्यसको विरोधमा प्रदर्शनमा उत्रिन बाध्य हुनुपरेको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीले बताए । उनले सरकारविरुद्ध आफूहरुले देशव्यापी आन्दोलन चर्काउने चेतावनी समेत दिए ।

त्यस क्रममा प्रर्दशनकारीहरुले सरकारको दमन र गैरन्यायिक पक्राउ विरुद्ध चर्का नाराबाजी गरेका थिए । सुकुम्बासीमाथिको अन्यायको अन्त्य गर, जनताको आवाज दबाउन पाईदैन, गरिबमाथिको अन्याय बन्द गर, सुकुम्बासी यहाँ छ, रवि–बालेन कहाँ छ ? गरिबमारा सरकार–मुर्दावाद लेखिएको प्लेकार्ड पनि प्रदर्शनकारीहरुले प्रर्दशन गरेका थिए ।

प्रकाशित मिति २०८३ असार २८ गते आइतबार ०३:२९
हजुरको प्रतिक्रिया