२०८३ असोज २३ गते शुक्रबार

हितानमगर र गुरुङलाई आदिवासी जनजाति पत्रकारिता पुरस्कार

हितानमगर र गुरुङलाई आदिवासी जनजाति पत्रकारिता पुरस्कार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असार २९ गते सोमबार ०६:१४

तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म गुरुङ र उनका पति कर्ण गुरुङको वैवाहिक वर्षगाँठको अवसरमा यो पुरस्कार स्थापना गरिएको हो ।

पोखरा ।

पत्रकार रुद्रबहादुर हितानमगर र इन्दिरा गुरुङ कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

फोनिज कास्कीले सञ्चालन गर्दै आएको कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०८२ बाट हितानमगर र २०८३ बाट गुरुङ पुरस्कृत भएकी हुन् ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेकी गण्डकी प्रदेशकी प्रेस राजिष्ट्रार विमला भण्डारीले उनीहरुलाई दोसल्ला प्रमाणपत्रसहित जनही नगद रु १० हजार अर्पण गरिन् ।

सो अवसरमा बोल्दै भण्डारीले यस्ता खालका पुरस्कारले पत्रकारिताका नयाँ पुस्तालाई प्रोत्साहान गर्ने धारणा राखिन् ।

तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म गुरुङ र उनका पति कर्ण गुरुङको वैवाहिक वर्षगाँठको अवसरमा यो पुरस्कार स्थापना गरिएको हो ।

२०८२ बाट पुरस्कृत भएका हितानमगर २०४१ सालदेखि पत्रकारितामा सक्रिय छन् ।

उनले काठमाडौँको परिस्थिति साप्ताहिकबाट पत्रकारिता यात्रा सुरु गरेका थिए । उनले अवलोक, पोखरा साप्ताहिक, जनधारणा साप्ताहिक र आदर्श समाज दैनिकमा काम गरिसकेका छन् । हितानमगर हाल फेवा पोष्ट साप्ताहिकमा कार्यरत छन् ।

उनी तत्कालीन आदिवासी जनजाति पत्रकार संघ (अनिज) का संस्थापक अध्यक्ष समेत हुन् । यस्तै २०८३ बाट पुरस्कृत गुरुङ २०५४ सालदेखि रेडियो नेपालमा आबद्ध छिन् ।

प्रकाशित मिति २०८३ असार २९ गते सोमबार ०६:१४
हजुरको प्रतिक्रिया