पोखरा ।
भानु वाङ्मय प्रतिष्ठानको आयोजनामा पोखरामा पनि आदिकवि भानुभक्त आचार्यको २१३ औं जन्मजयन्ती मनाइएको छ ।
राष्ट्रिय चेतनाका अग्रदूत तथा नेपाली भाषिक एकताका प्रणेता भानुभक्त आचार्यको सम्झनामा आज विशेष समारोहको आयोजना गरी जन्मजयन्ती मनाएको हो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्वभरका नेपालीलाई भाषा र साहित्यमार्फत् जोड्ने काम नेपाली भाषा–साहित्यका आदिकवि भानुभक्त आचार्यले गरेको उल्लेख गरे ।
उनले नेपाली भाषालाई लोकप्रिय र साझा भाषा बनाउन तथा विश्वभरका नेपाली भाषा तथा साहित्य फैलाउन आचार्यको महत्वपूर्ण योगदान रहेको स्मरण गरे ।
उनले आजको पुस्ताले भानुभक्तलाई केवल पाठ्यपुस्तकभित्र सीमित राख्न नहुने बताउँदै उनका कृतिहरूलाई डिजिटल माध्यम, अनुसन्धान, अध्ययन, साहित्यिक विमर्श र सिर्जनात्मक अभ्यासमार्फत नयाँ पुस्तासम्म पु¥याउनु आवश्यक रहेको जोड दिएका थिए ।
प्रकाशित मिति २०८३ असार २९ गते सोमबार ०६:१८