२०८३ साउन २१ गते बिहीबार

सरकारको १०० दिन सुशासनका दृष्टिले सकारात्मकः सांसद खरेल

सरकारको १०० दिन सुशासनका दृष्टिले सकारात्मकः सांसद खरेल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असार ३१ गते बुधबार ०६:०८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले सरकारको शुरुवाती १०० दिन सुशासनका दृष्टिले सकारात्मक रहेको टिप्पणी गरेका छन् । संसद बैठक आगामी साउन १४ गतेसम्मका लागि स्थगित भएको सन्दर्भमा सञ्चारकर्मीहरूसँग...

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले सरकारको शुरुवाती १०० दिन सुशासनका दृष्टिले सकारात्मक रहेको टिप्पणी गरेका छन् ।

संसद बैठक आगामी साउन १४ गतेसम्मका लागि स्थगित भएको सन्दर्भमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद खरेलले यस्तो बताएका हुन् । बजेट पारित भई कानून निर्माणका प्रक्रियाहरू अघि बढिरहेको अवस्थामा सदन १४ दिनका लागि स्थगित हुनुलाई उनले सकारात्मक रूपमा लिएका छन् । यस अवधिलाई सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रमा जनताको घरदैलोमा पुग्ने र जनचासोका विषयहरू बुझ्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने उनको भनाइ छ । सरकारको १०० दिने कार्यकालको समीक्षा गर्दै उनले छोटो अवधिमै ठूलो परिवर्तनको अपेक्षा गर्नु व्यावहारिक नहुने तर्क गरे ।

सरकारको गति सुस्त भएको र अपेक्षित परिणाम नआएको जनगुनासोका सम्बन्धमा टिप्पणी गर्दै सांसद खरेलले जनताको धैर्यता र सुझावलाई आफूले सम्मान गर्ने बताए । कतिपय त्रुटि र कमजोरीहरूलाई सुधार गर्दै सुशासनको यात्रालाई थप प्रभावकारी बनाउन सरकारलाई रचनात्मक दबाब दिने उनको प्रतिवद्धता छ ।

प्रकाशित मिति २०८३ असार ३१ गते बुधबार ०६:०८
हजुरको प्रतिक्रिया