२०८३ साउन २१ गते बिहीबार

इनर ह्विल क्लब अफ पोखराको १७औँ पदस्थापन सम्पन्न ।

इनर ह्विल क्लब अफ पोखराको १७औँ पदस्थापन सम्पन्न ।

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असार ३२ गते बिहीबार ०१:११

पोखरा, असार ३२ इनर ह्विल क्लब अफ पोखरा मिडटाउनको १७औँ पदस्थापन कार्यक्रम पोखरामा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि इनर ह्विल डिस्ट्रिक्ट ३५० नेपालकी डिस्ट्रिक्ट चेयरम्यान डा. सृष्टि श्रेष्ठ प्रजापतिले इनर ह्विलका विभिन्न...

पोखरा, असार ३२

इनर ह्विल क्लब अफ पोखरा मिडटाउनको १७औँ पदस्थापन कार्यक्रम पोखरामा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि इनर ह्विल डिस्ट्रिक्ट ३५० नेपालकी डिस्ट्रिक्ट चेयरम्यान डा. सृष्टि श्रेष्ठ प्रजापतिले इनर ह्विलका विभिन्न क्लबबीच सहकार्य र संयुक्त सामाजिक कार्यक्रम सञ्चालनलाई प्राथमिकता दिइने बताइन्। उनले इनर ह्विलले सामाजिक सेवामार्फत समुदायमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको उल्लेख गरिन्।
नवनिर्वाचित अध्यक्ष भावना रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व एनआर सरसिज पालिखे, डिस्ट्रिक्ट सेक्रेटरी मञ्जु शाक्य, निवर्तमान अध्यक्ष यशोदा बास्तोला, उपाध्यक्ष शान्ता घिमिरे, सचिव सृजना बोगटी, कोषाध्यक्ष लक्ष्मी थापा, आईएसओ स्मिता थापा तथा इडिटर सुमित्रा कोइरालासहित नयाँ कार्यसमितिलाई पदस्थापन गराइएको थियो।
कार्यक्रममा रोटरी क्लब अफ पोखरा मिडटाउनकी अध्यक्ष सङ्गीता तिमिल्सिना, इनर ह्विल क्लब अफ अन्नपूर्ण, पोखरा र न्युरोड पोखराका निवर्तमान तथा नवनिर्वाचित अध्यक्षहरू, क्लबका संस्थापक अध्यक्ष, रोटरियन तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
नवनिर्वाचित अध्यक्ष रानाभाटको जीवनी पूर्वअध्यक्ष पार्वती पाण्डेले प्रस्तुत गरेकी थिइन्। निवर्तमान अध्यक्ष यशोदा बास्तोलाले आफ्नो कार्यकालमा सम्पन्न भएका गतिविधिको विवरण स्लाइड प्रस्तुतिमार्फत सार्वजनिक गरिन्।
अध्यक्ष रानाभाटले आगामी कार्यकालमा महिला नेतृत्व विकास, सामाजिक सेवा तथा मानवीय सहयोगलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरिन्। उनले क्लबले समुदायसँग सहकार्य गर्दै सेवामूलक अभियानलाई थप प्रभावकारी बनाउने बताइन्। सोही अवसरमा अध्यक्ष रानाभाट सहित क्लबका सदस्यहरुले क्यान्सरपीडित एक महिलालाई उपचारका लागि ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए ।

प्रकाशित मिति २०८३ असार ३२ गते बिहीबार ०१:११
हजुरको प्रतिक्रिया