२०८३ साउन २१ गते बिहीबार

एमाले परिस्थितिसँग आत्तिने र मात्तिने पार्टी होइन, नविकृत भएर अघि बढ्छः अध्यक्ष ओली

एमाले परिस्थितिसँग आत्तिने र मात्तिने पार्टी होइन, नविकृत भएर अघि बढ्छः अध्यक्ष ओली

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन १ गते शुक्रबार ०३:३१

उनले पार्टीमा आईटी प्रशिक्षण गर्न नसक्दा सूचना र प्रविधिको हमलामा पछि परेको बताए । उनले एमालेलाई अफ्ठ्यारोतर्फ धकेल्ने प्रयास भइरहेको भन्दै पार्टीको पुनर्जागरण र पुनःउत्थानमार्फ त्यसलाई पराजित गर्नुपर्ने बताए ।

पोखरा ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले परिस्थितिसँग आत्तिने र मात्तिने पार्टी नभएको भन्दै अगामी दिनमा नविकृत हुँदै अघि बढ्ने बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले नेकपा (एमाले) अर्कालाई नसमातिकन उठ्न नसक्ने लहरो नभएको भन्दै आफ्नै बुतामा अगाडि बढ्ने बताए । उनले पार्टी र कार्यकर्ता पंक्तिलाई पर्याप्त प्रशिक्षित गर्न नसकेको कारण पार्टी कमजोर बनेको समेत बताए ।

उनले पार्टीमा आईटी प्रशिक्षण गर्न नसक्दा सूचना र प्रविधिको हमलामा पछि परेको बताए । उनले एमालेलाई अफ्ठ्यारोतर्फ धकेल्ने प्रयास भइरहेको भन्दै पार्टीको पुनर्जागरण र पुनःउत्थानमार्फ त्यसलाई पराजित गर्नुपर्ने बताए ।

उनले भने, ‘हामी यस्तो लहरो होइनौँ जसले अर्कालाई नसमातीकन उठ्न सक्दैन । हामी एउटा स्वतन्त्र वृक्ष हौँ । हामी दरो र मजबुत वृक्ष हौँ । अरूको बलमा उम्रेका पनि होइनौँ । हामी आफैँ उम्रिँदै हुर्किँदै मजबुत हुँदै अनेक आँधी, हुरी, तुफान, बाढी अनेक चिजहरूसँग सामना गरेर आएका छौँ । अर्को कसैलाई नसमातीकन उठ्न नसक्ने खालको त्यान्द्रो लहरो होइन एमाले । एमाले एउटा स्वतन्त्र हैसियत भएको पार्टी हो । हामी आफ्नै बुतामा आएका हौँ, अघि बढेका हौँ, फेरि पनि आफ्नै बुतामा नवीकृत हुँदै अगाडि बढ्छौँ । हामी माझ आएका चुनौतीहरूको सामना गर्दै तिनलाई पराजित गर्दै अगाडि बढ्छौँ । नेकपा एमाले परिस्थितिसँग आत्तिने अथवा मात्तिने गर्दैन । अनुकूलता आयो भने हौसिने र अलिकति प्रतिकूलता आयो भने निराश हुने पार्टी होइन । हरेक परिस्थितिहरू हामीले जितेका छौँ, सामना गरेका छौँ र अगाडि बढेका छौँ, बढ्छौँ ।’

उनले पार्टीले गरेका गतिविधिहरुलाई समाजसम्म पु¥याउन आआफ्नो ठाउँबाट भूमिका खेल्न समेत पार्टी कार्यकर्तालाई निर्देशन दिए ।

प्रकाशित मिति २०८३ साउन १ गते शुक्रबार ०३:३१
हजुरको प्रतिक्रिया