२०८३ साउन २१ गते बिहीबार

देशका अधिकांश ठाउँमा आज र भोलि ठूलो वर्षाको सम्भावना, सतर्क रहन सुझाव

देशका अधिकांश ठाउँमा आज र भोलि ठूलो वर्षाको सम्भावना, सतर्क रहन सुझाव

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन २ गते शनिबार ११:२६

आज र भोलि मनसुनी गतिविधि बढ्न गई देशका हिमाली÷पहाडी भाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँ तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराईका एक÷दुई ठाउँमा ठूलोदेखि अति ठूलो पानी पर्ने सम्भावना छ ।

पोखरा ।

देशका अधिकांश ठाउँमा आज र भोलि ठूलो वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसम बुलेटिन निकालेर आज शनिबार र भोलि आइतबार मनसुन थप सक्रिय भई ठूलो वर्षा हुन सक्ने सम्भावना रहेको जनाएको छ ।

मुसलधारे तथा अरिघोप्टे वर्षा हुने भएकाले त्यसबाट हुन सक्ने क्षतिबाट जोगिन महाशाखाले सबै नागरिकलाई सतर्क रहन सुझाव दिएको हो ।

महाशाखाका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली उत्तर–पश्चिम दिशामा सर्ने क्रममा रहेकाले मनसुन थप सक्रिय हुने सम्भावना छ ।

आज र भोलि मनसुनी गतिविधि बढ्न गई देशका हिमाली÷पहाडी भाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँ तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराईका एक÷दुई ठाउँमा ठूलोदेखि अति ठूलो पानी पर्ने सम्भावना छ ।

कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भागका एक÷दुई ठाउँमा अरिघोप्टे वर्षाको समेत सम्भावना छ ।

देशभर धेरै ठाउँमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेकाले पर्सि सोमवारसम्म नै सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

त्यस्तै आज देशका विभिन्न २४ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाढीको जोखिम रहेका अरु जिल्लाहरुमा काभ्रे, ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, पाल्पा, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ, रुकुम पश्चिम, डोटी, बझाङ, कैलाली, कञ्चनपुर, काठमाण्डौ उपत्यकाका तीन जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुर रहेका छन् ।

ती जिल्ला आसपासका भई बहने स–साना नदीमा पनि आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति २०८३ साउन २ गते शनिबार ११:२६
हजुरको प्रतिक्रिया