पर्यटन प्रवद्र्धन र भरपर्दो यातायात सेवामार्फत स्थानीय अर्थतन्त्रलाई टेवा पुग्ने अपेक्षा
पोखरा ।
पोखरा महानगरपालिका–२५, हेम्जामा स्थानीय युवा व्यवसायी बाबुराम दाहालको नेतृत्वमा स्थापना गरिएको ‘बेस्ट माउन्टेन भ्यू टुर्स एण्ड ट्राभल्स’ को औपचारिक शुभारम्भ गरिएको छ ।
स्थानीय स्तरबाट सुरु भएको यस व्यवसायले सुरक्षित, भरपर्दो तथा गुणस्तरीय यातायात सेवा प्रदान गर्दै पर्यटन प्रवद्र्धन र स्थानीय आर्थिक गतिविधिमा सकारात्मक योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
बाबुराम दाहालको अध्यक्षतामा सम्पन्न उद्घाटन गरिएको कार्यक्रममा प्रमुख अतिथि पृथ्वी राजमार्ग बस कम्पनी प्रा.लिका सञ्चालक एवं कोहिली टुर्स एण्ड ट्राभल्सका अध्यक्ष मेघराज त्रिपाठीले नेपालमा पर्यटन उद्योगको सफलतासँग गुणस्तरीय यातायात सेवा प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गरे ।

उनले बेस्ट माउन्टेन भ्यू टुर्स एण्ड ट्राभल्सले यात्रु सेवाको स्तर उकास्नुका साथै पर्यटन विस्तार र स्थानीय रोजगारी सिर्जनामा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा धवलागिरि–गण्डकी यातायात सेवा प्रा.लिका प्रबन्ध निर्देशक राजन जोशी, राष्ट्रिय स्वतन्त्र पार्टी, वडा नं २५ हेम्जाका सभापति भरतराज अधिकारी तथा पृथ्वी राजमार्ग बस सञ्चालक समितिका कार्यालय प्रमुख ज्ञानेन्द्र कुमार थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै व्यवसायको सफलताको कामना गरे ।
यसैगरी कार्यक्रममा नेकपा वडा नं २५ हेम्जाका अध्यक्ष महादेव अधिकारी, टोल विकास समन्वय समिति–२५ हेम्जाका अध्यक्ष दीपकबहादुर थापा, पृथ्वी राजमार्ग बस सञ्चालक समितिका पूर्व पदाधिकारी, विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक व्यक्तित्व तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
साथै ‘बेस्ट माउन्टेन भ्यू टुर्स एण्ड ट्राभल्स’ ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट, देशका विभिन्न गन्तव्यका लागि बस टिकट बुकिङ तथा सुरक्षित, सहज र भरपर्दो यात्रा व्यवस्थापन सेवा उपलब्ध गराउने जनाएको छ ।
यात्रुहरूको आवश्यकतालाई मध्यनजर गर्दै एकै स्थानबाट गुणस्तरीय यात्रा सेवा प्रदान गर्ने लक्ष्यसहित ट्राभल्स सञ्चालनमा आएको सञ्चालक पक्षले जनाएको छ ।
प्रकाशित मिति २०८३ साउन २ गते शनिबार ०३:५५




