२०८३ साउन २१ गते बिहीबार

देशभर मनसुन सक्रिय, आज दिउँसो र राति विभिन्न ठाउँमा मुसलधारे वर्षाको सम्भावना

देशभर मनसुन सक्रिय, आज दिउँसो र राति विभिन्न ठाउँमा मुसलधारे वर्षाको सम्भावना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन ३ गते आइतबार ११:४५

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यधिक वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान, गेग्र्यान बहाव र नदी कटानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ ।

पोखरा ।

देशभर मनसुन सक्रिय रहेकाले अहिले कर्णाली, लुम्बिनी, गण्डकी र कोशी प्रदेशका तराई क्षेत्रसहित विभिन्न ठाउँमा पानी परिरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति विभिन्न ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ ।

विशेष गरी कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही ठाउँमा अति ठूलो वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकीका २३ जिल्लामा उच्च जोखिम अनुमान गरिएको छ । ती जिल्लामा रेड अलर्ट जारी गरिएको छ ।

कोशीका ९ जिल्ला झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर र खोटाङ, बागमतीका ६ जिल्ला, चितवन, धादिङ, नुवाकोट, काभ्रे, सिन्धुली र सिन्धुपाल्चोक तथा गण्डकीका ८ जिल्ला गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ्ग र म्याग्दीमा उच्च जोखिम पहिचान गरिएको हो ।

अति ठूलो वर्षा हुन सक्ने सम्भावित जिल्लाका नदी तथा खोलानाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र र डुबान हुने ठाउँमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यधिक वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान, गेग्र्यान बहाव र नदी कटानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ ।

त्यस्तै आज देशका ३५ जिल्लामा बाढीको जोखिम छ ।

बाढी पूर्वानुमान महाशाखाले आज बिहान सूचना निकालेर बाढीको सम्भावना भएका जिल्लाको नदी तटीय क्षेत्र तथा जोखिम हुन सक्ने बस्तीका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार काठमाण्डौ उपत्यकासहित काभ्रे, झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, नवलपरासी पूर्व, नवलपरासी पश्चिम,

रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने स–साना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ ।

प्रकाशित मिति २०८३ साउन ३ गते आइतबार ११:४५
हजुरको प्रतिक्रिया